जीवनोपयोगी शिक्षाका लागि उचित गन्तव्य ट्रिटन इन्टरनेसनल स्कुल एन्ड कलेज [भिडियाे]

जीवनोपयोगी शिक्षाका लागि उचित गन्तव्य ट्रिटन इन्टरनेसनल स्कुल एन्ड कलेज [भिडियाे]

केन्द्रबिन्दु
210
Shares

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा ज्ञान, अनुभव र दक्षता संगालेका विशेषज्ञहरुको समूहले हाँकेको शैक्षिक संस्था हो, ट्रिटन इन्टरनेसनल स्कुल एन्ड कलेज । यो कलेज डिभी एजुकेशन नेटवर्कको भगिनी संस्था हो ।

विद्यार्थीमा भएको रुची पहिल्याउँदै सोही अनुरुप क्षमता विकास गर्न सिकाईका विविध माध्यमहरु अपनाउँदै आएको यो कलेज विद्यार्थी र शिक्षामा पूर्ण समर्पित छ । विद्यार्थीमैत्री वातावरण, रचनात्मक पठन विधि, योग्य शिक्षक, पुग्दो शैक्षिक स्रोत, प्रेरणादायी अभिभावकत्व यस कलेजका मूख्य आकर्षण हुन् ।

युग सुहाउँदो नविनतम् उपकरण एवं प्रविधिको प्रयोग गर्दैै शिक्षा दिने ट्रिटन कलेजले विद्यार्थीलाई पढाईका अतिरिक्त जीवनका मूल्य र मान्यताहरु पनि सिकाउने गरेका छन् ।

बालकुमारीमा अवस्थित यो कलेज २०५६ सालमा स्थापना भएको हो । युग सुहाउँदो नविनतम् उपकरण एवं प्रविधिको प्रयोग गर्दैै शिक्षा दिने कलेजले विद्यार्थीलाई पढाईका अतिरिक्त जीवनका मूल्य र मान्यताहरु पनि सिकाउने गरेका छन् । ज्ञान र दक्षताले युक्त भएर मात्र पुग्दैन, परिवार, समाज, राष्ट्र र सम्पूर्ण जगतप्रति उत्तरदायी हुनुपर्छ भन्ने मान्यताका साथ विद्यार्थीलाई सही मार्गदर्शन दिँदै आएको छ ।

विद्यार्थीलाई प्रोत्साहन गर्ने तथा अनुशासनमा राखेर शिक्षा दिने हुँदा भविष्यमा उच्च शिक्षा अध्ययनका लागि ट्रिटन दरिलो आधार हुनेमा ढुक्क हुन सकिन्छ

यहाँ कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पढाई हुन्छ । कक्षा ११ र १२ तर्फ यहाँ विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकायको पठनपाठन हुन्छ ।

विद्यार्थीलाई पाठ्यक्रमसँग सम्बन्धीत व्यवहारिक शिक्षा बाहेक अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले जोड दिँदै आएको छ । कलेजमा सञ्चालन हुने खेलकुद सप्ताह, शैक्षिक भ्रमण, ट्रिटन फेयर, फिस्ट, ट्रिटन नमुना संसद, रिसर्च रिपोर्ट लेखन, लगायतले विद्यार्थीको आयमिक क्षमता विकास गर्न सहयोग पुर्याइरहेको छ । यस्तै विद्यार्थीमा सिकाईको दायरा फराकिलो बनाउन शैक्षिक भ्रमण, प्रोजेक्ट वर्क, फिल्ड भिजिट जस्ता गतिविधिलाई समेत कलेजले प्राथमिकता दिने गरेको छ ।

ट्रिटनले विभिन्न चुनौति र अवसरलाई सम्बोधन गर्न र विद्यार्थीको करिअर सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको छ । विद्यार्थीलाई प्रोत्साहन गर्ने तथा अनुशासनमा राखेर शिक्षा दिने हुँदा भविष्यमा उच्च शिक्षा अध्ययनका लागि ट्रिटन दरिलो आधार हुनेमा ढुक्क हुन सकिन्छ ।

ट्रिटनले विभिन्न चुनौति र अवसरलाई सम्बोधन गर्न र विद्यार्थीको करिअर सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेको छ ।

सुविधायुक्त भवनमा सञ्चालित कलेजमा ती सम्पूर्ण सेवा सुविधा छ, जो विद्यार्थीका लागि जरुरी हुन्छ । विज्ञान एवं कम्प्युटर प्रयोगशालादेखि पुस्तकालयसम्म, खाजाघरदेखि यातायातसम्मको सबै सुविधा छ ।

Logo