सैद्धान्तिक पढाइभन्दा विद्यार्थीको क्षमता विकासलाई जोड दिने, टेक्सास इन्टरनेसनल कलेज

सैद्धान्तिक पढाइभन्दा विद्यार्थीको क्षमता विकासलाई जोड दिने, टेक्सास इन्टरनेसनल कलेज

केन्द्रबिन्दु
1.3k
Shares

काठमाडौंको मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेसनल कलेज उच्चस्तरको व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि परिचित छ । कम्प्लिट एजुकेशन हब बनाउन ‘टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्क’ तयार गरिरहेको यस कलेजले सैद्धान्तिक पढाइलाई भन्दा पनि विद्यार्थीको क्षमता विकासलाई जोड दिँदै आएको छ । जसकारण आमअभिभावक र विद्यार्थीहरूको टेक्सासप्रति क्रेज बढ्दो छ ।

सैद्धान्तिक पढाइलाई भन्दा पनि विद्यार्थीको क्षमता विकासलाई जोड दिँदै आएको टेक्सासप्रति आमअभिभावक र विद्यार्थीहरूको क्रेज बढ्दो छ ।

गुणस्तरीय र व्यवसायिक शिक्षा दिने उद्देश्यले सन् २०१० देखि सञ्चालनमा आएको टेक्सासको शैक्षिक यात्राको छलाङ लोभलाग्दो छ । शैक्षिक पाठ्यक्रम र बजारको अवस्थाअनुसार ब्यालेन्स गर्दै विद्यार्थीलाई अध्यापन गराउँदै आएको टेक्सासले उत्कृष्ट शिक्षा प्रदान गर्ने शैक्षिक संस्थामा आफूलाई अब्बल भएको स्थापित गरिसकेको छ ।

टेक्सासमा प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय अन्तर्गतका विषयहरूलाई समेटेर अध्यापन गराउँदै आएको यस कलेजले विद्यार्थीलाई प्रमाणपत्रमा मात्र सीमित नगरेर व्यवहारिक शिक्षासमेत प्रदान गर्दै आएको छ । समयसापेक्ष अध्ययन गराएर विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त कोर्षमासमेत यो कलेजले जोड दिएको छ ।

विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको पठनपाठन गराएर टेक्सास कलेजले विद्यार्थीको सिकाईको दायरालाई फराकिलो बनाइदिएको छ । विद्यार्थीको करिअरलाई केन्द्रित गर्दै टेक्सास कलेजले आर्थिक अवस्था कमजोर भएका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका लागि कलेजले छात्रवृत्तिको समेत कार्यक्रम अघि सारेको छ । उच्चस्तरको व्यवस्थापन र गुणस्तरीय शिक्षालाई कलेजले विशेष प्राथमिकतामा राखेको यो कलेज प्लसटु अध्ययनको लागि विद्यार्थीको लागि उपयुक्त गन्तव्यको रूपमा रहेको छ ।

यो कलेज प्लसटु अध्ययनको लागि विद्यार्थीको लागि उपयुक्त गन्तव्यको रूपमा रहेको छ ।

टेक्सास कलेजले विद्यार्थीलाई पाठ्यक्रम सम्बन्धित शैक्षिक गतिविधिमा मात्र केन्द्रित नगरेर अतिरिक्त क्रियाकलापमा समेत सहभागीताका अवसर सिर्जना गरेको छ । सेमिनार, वर्कसप, शैक्षिक भ्रमण, खेलकुद लगायतका प्रतियोगिता साथै सिपमूलक क्रियाकलापमा पनि विद्यार्थीलाई सहभागी भएर अब्बल ठहरिने अवसर टेक्सासले जुराएको छ ।

विद्यार्थीका लागि श्रोत सामग्री सहितका लाइब्रेरी, सुविधायुक्त कम्प्युटर ल्याब, प्रविधिमैत्री कक्षाकोठा टेक्सास कलेजका विशेषताका रूपमा रहेका छन् । वर्तमान परिवेशमा चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर अनुसन्धानात्मक विधि अवलम्बन गर्दै यो कलेजले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि जोड दिएको छ ।

अनुभवी शिक्षक, गुणस्तरीय भौतिक पूर्वाधार भएको यस कलेजले विद्यार्थीको करिअर विकासमा मद्दत पुर्याउँदै आएको छ । परिणाममुखी नतिजाले अब्बल ठहरिएको टेक्सास कलेजले समयानुकूल र प्रयोगात्मक विधिमा आधारित शिक्षा दिँदै आएको छ ।

परिणाममुखी नतिजाले अब्बल ठहरिएको टेक्सास कलेजले समयानुकूल र प्रयोगात्मक विधिमा आधारित शिक्षा दिँदै आएको छ ।

सबै कक्षा कोठामा प्रोजेक्टरको व्यवस्था र पढाइमा कागजको कम प्रयोग विधिलाई कलेजले अंगिकार गरेको छ । कलेजले राष्ट्रिय परीक्षा बोर्डको कार्यक्रम बाहेक कम्प्युटर कोर्स, हस्पिटालिटी म्यानेजमेन्ट लगायत विषयमा आफ्नो छुट्टै कोर्षको विकास गरेको छ । शिक्षकहरूलाई समसामयिक रूपमा अपडेट गराउन र थप सक्षम बनाउनको लागि कलेजले नियमित तालिम र संकाय वर्कसप गराउने कार्य गरिरहेको हुन्छ ।

कलेजले विद्यार्थीहरूलाई पढाइसँगै व्यवहारिक ज्ञान प्रदान गर्न उत्कृष्ट आइटी कम्पनी र होटलहरुसँग पार्टनरसिप समेत गरेको छ । कलेजले बेलाबेलामा आयोजना गर्ने जब फेयर मेलाले यहाँ अध्ययनरत अधिकांश विद्यार्थी स्वरोजगार भइरहेको हुन्छन् । यस कलेजमा प्लस टु मात्र नभइ स्नातक, स्नातकोत्तरसम्मको पठनपाठन धमाधम सञ्चालन हुँदै आएको छ ।

Logo