दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धताका साथ अघि बढेकाे द टाइम्स इन्टरनेसनल कलेज

दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धताका साथ अघि बढेकाे द टाइम्स इन्टरनेसनल कलेज

केन्द्रबिन्दु
924
Shares

सबै समुदाय, सबै वर्गका विद्यार्थीलाई समान रुपले एउटा उर्बर धरातल निर्माण गरिदिने लक्ष्यका साथ स्थापना भएको शैक्षिक संस्था हो, द टाइम्स इन्टरनेसनल कलेज । यही लक्ष्य पहिल्याउँदै कलेजले दुई दशक बढी यात्रा तय गरिसकेको छ । र, यस अवधिमा कलेजले उत्कृष्टता हासिल गर्दै अभिभावक र विद्यार्थीबाट विश्वास कमाएको छ । यहाँको मूल आकर्षण भनेको गुणस्तरिय शिक्षा नै हो ।

शैक्षिक ज्ञान र सीप मात्र नभई ‘असल मानव’ बन्नका लागि द टाइम्स इन्टरनेसनल कलेजले प्रेरणदायी वातावरण मिलाएको छ ।

आज विश्व रोजगार बजारले खपत गर्ने प्रतिस्पर्धी जनशक्ति तयार गर्ने प्रतिबद्धताका साथ कलेजले प्रविधिमैत्री कक्षाकोठामा प्रयोगात्मक शिक्षा दिँदै आएको छ । यद्यपि विद्यार्थीले शिक्षा आर्जन गरेर मात्र पुग्दैन, सामाजिक मूल्य मान्यताले सुशोभित पनि हुनुपर्छ भन्ने कुरालाई कलेजले जोड दिएको छ । त्यही अनुरुप विद्यार्थीहरुलाई यस्ता गतिविधिहरुमा सहभागी गराइन्छ, जसले उनीहरुमा जीवन र जगतलाई हेर्ने एवं बुझ्ने दृष्टिकोण फराकिलो हुन्छ । शैक्षिक ज्ञान र सीप मात्र नभई ‘असल मानव’ बन्नका लागि कलेजले प्रेरणदायी वातावरण मिलाएको छ ।

खेलकुद, कला साहित्य, मनोरञ्जन आदिबाट विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गराउन पनि कलेजले सहयोगी भूमिका निर्वाह गरिरहेको छ ।

साथसाथै विद्यार्थीको व्यक्तित्व विकास गर्न, नेतृत्व क्षमता विकास गर्न कलेजले विभिन्न कार्यक्रम गर्दै आएको छ । खेलकुद, कला साहित्य, मनोरञ्जन आदिबाट विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गराउन पनि कलेजले सहयोगी भूमिका निर्वाह गरिरहेको छ ।

द टाइम्समा कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पठनपाठन हुन्छ । यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय सञ्चालित छन् । यस कलेजमा पढेका विद्यार्थीले विश्वका उत्कृष्ट विश्वविद्यालयहरुमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । काठमाडौंको डिल्लीबजारमा अत्याधुनिक भौतिक पूर्वाधारसहित रहेको टाइम्स कलेजमा शैक्षिक स्रोत साधन, प्रयोगशाला, खेल मैदान जस्ता सम्पूर्ण सेवा सुविधा उपलब्ध छ ।

Logo