सस्तो शुल्क, गुणस्तरिय शिक्षा र उत्कृष्ट नतिजाका लागि परिचित नेपाल मेगा कलेज

सस्तो शुल्क, गुणस्तरिय शिक्षा र उत्कृष्ट नतिजाका लागि परिचित नेपाल मेगा कलेज

केन्द्रबिन्दु
70
Shares

सस्तो शुल्क, गुणस्तरिय शिक्षा र उत्कृष्ट नतिजा नेपाल मेगा कलेजको खास विशेषता हो । विद्यार्थीको रुची र चाहना अनुरुप क्षमता विकास गर्ने, सामाजिक दायित्वबोध गराउने, राष्ट्रप्रति उत्तरदायी बनाउने लक्ष्यका साथ काठमाडाैंकाे बबरमहलस्थित नेपाल मेगा कलेजले आफ्नो शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सन् २०११ देखि सञ्चालनमा आएको यो कलेजले छोटो समयमै आफूलाई अब्बल सावित गरेको छ । यसका लागि समयसापेक्ष पाठ्यक्रम, प्रयोगात्मक शिक्षण विधि, अन्तक्रियात्मक गतिविधिलाई प्राथमिकतामा राखेको छ । अनुभवी एवं दक्ष शिक्षक समूहले विद्यार्थीलाई पाठ घोकाउने भन्दा पनि पढाईमा सहजिकरण गर्दै आएका छन् । यस किसिमको पठन शैलीले विद्यार्थीहरु सधैं जिज्ञासु, उत्सुक र जागरुक हुने कलेजको विश्वास छ ।

सस्तो शुल्क, गुणस्तरिय शिक्षा र उत्कृष्ट नतिजा नेपाल मेगा कलेजको खास विशेषता हो ।

मेगा कलेजले कक्षा ११ र १२ देखि स्नातकोत्तर तहसम्मको पठनपाठन गराउँदै आएको छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविक र कानुन संकाय पढाई हुन्छ । यसैगरी स्नातकमा बीबीएस, बीएसडब्लु, बीसीए, बीबीएम जस्ता कार्यक्रम समावेश छन् । स्नातकोत्तर तहमा एमबीएस र एमए (आरडी) कार्यक्रम राखिएका छन् ।

कलेजले विद्यार्थीलाई शैक्षिक हिसाबले मात्र अब्बल तुल्याउन लागिपरेको छैन । उनीहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउने, अन्य सीप र क्षमता अभिबृद्धि गराउने जस्ता दायित्वलाई पनि उत्तिकै वहन गरिरहेको छ । त्यसैले त विद्यार्थीको रुची अनुसार क्षमता विकास गर्न कलेजले विविध गतिविधि संचालन गर्छ ।

विद्यार्थीहरुले कसरी आफ्नो रुची अनुरुप करियर छनौट गर्छन् ? कसरी आफ्नो क्षमता विकास गर्छन् ? कसरी आफ्नो सीप र क्षमतालाई व्यवहारिक जीवनमा सदुपयोग गर्छन् ? सोही अनुरुप नेपाल मेगा कलेजले शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सन् २०११ देखि सञ्चालनमा आएको यो कलेजले छोटो समयमै आफूलाई अब्बल सावित गरेको छ ।

विद्यार्थीको क्षमता विकासका लागि मेगा कलेजसँग समर्पित शिक्षक समूहसँगै पुग्दो स्रोत साधन छन् । सुविधा सम्पन्न संरचना, विद्यार्थीमैत्री वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, पुस्तकालय यस कलेजमा उपलब्ध छन् । त्यसबाहेक चमेनागृह, यातायात, मिटिङ हल जस्ता सेवाहरु पनि यहाँ छन् । यसै शैक्षिक संस्था अन्तर्गत नेपाल मेगा स्कुल पनि सञ्चालनमा छ । जसमा नर्सरीदेखि नै पठनपाठन सञ्चालन हुँदै आएको छ ।

समग्र नेपालको शिक्षा क्षेत्रमै योगदान पुर्याउने हेतुले सञ्चालित कलेजमा जेहेन्दार, गरिब विद्यार्थीले छात्रवृत्ति पनि पाउन सक्छन् ।

Logo