विद्यार्थीलाई अब्बल बनाउन निरन्तर प्रयत्नशिल, नेपाल काष्ठमण्डप कलेज

विद्यार्थीलाई अब्बल बनाउन निरन्तर प्रयत्नशिल, नेपाल काष्ठमण्डप कलेज

केन्द्रबिन्दु
84
Shares

विद्यार्थीलाई पढाउने मात्र होइन, योग्य र जिम्मेवार बन्न मार्गदर्शन गर्ने हो । नेपाल काष्ठमण्डप कलेजले यही ध्येयका साथ आफ्ना कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यहाँ कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पठनपाठन हुने गरेको छ ।

काष्ठमण्डप नै किन रोज्ने ? किनभने यस कलेजले गुणस्तरिय शिक्षासँगै उत्कृष्ट नतिजा हासिल गर्दैै आएको छ । अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँगको समन्यवमा पठन विधिलाई प्रभावकारी र विद्यार्थीलाई अब्बल बनाउन निरन्तर प्रयत्नशिल छ । पढाईपछि रोजगार र उद्यमशिलताका लागि सहजीकरण गरिरहेको छ । र, दक्ष एवं अनुभवी, प्रतिष्ठित शिक्षक समूह, बैंकर, उद्यमीहरुको संयुक्त जगमा यो कलेजले आफूलाई उभ्याएको छ ।

काष्ठमण्डप नै किन रोज्ने ? किनभने यस कलेजले गुणस्तरिय शिक्षासँगै उत्कृष्ट नतिजा हासिल गर्दैै आएको छ ।

सह–पाठ्यक्रम गतिविधिलाई सिकाइको मूल मन्त्र बनाएको काष्ठमण्डप कलेजले कक्षा ११ र १२ का विद्यार्थीको मनोवैज्ञानिक परामर्शका लागि छुट्टै कक्षाको समेत व्यवस्था गरेको छ । किशोरावस्थाको मध्य चरणमा रहेका विद्यार्थीलाई दिइएको परामर्श र शिक्षाले नै उनीहरुको भविष्य निर्धारण गर्ने भएकाले विद्यार्थीलाई शैक्षिक गतिविधिका साथै भविष्यको गन्तव्यबारे जानकार बनाउनु कलेजले आफ्नो मुख्य कर्तव्य ठानेको छ ।

काठमाडौंको कलंकीमा अवस्थित नेपाल काष्ठमण्डपको नारा नै छ, ‘तपाईंको कलेज तपाईंको भविष्य’ । यसैलाई आत्मसात गर्दै गुणस्तरिय शिक्षाका साथसाथै अतिरिक्त गतिविधिमा विद्यार्थीलाई प्राथमिकतासाथ सहभागी गराउँदै आएको छ ।

अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँगको समन्यवमा पठन विधिलाई प्रभावकारी र विद्यार्थीलाई अब्बल बनाउन निरन्तर प्रयत्नशिल छ ।

विद्यार्थी जीवनमा उमेर व्यवस्थापनसँगै अध्ययनको व्यवस्थापन गर्नु अत्यन्त चुनौतीपूर्ण हुन्छ । यसको लागि विद्यार्थीले कसरी आफूलाई तयार राख्ने, कस्तो विधि अपनाउने, कसरी सही बाटो पहिल्याउने, कसरी समय र पढाईको सन्तुलन मिलाउने भन्ने कुरामा कलेजले मार्गदर्शन दिने गरेको छ । यसरी कलेज प्रवेशको दिनदेखि नै विद्यार्थीलाई सही ढंगले अगाडि बढाएमा उनीहरु भविष्यमा अलमलिने छैनन् । कलेज परिवारले यही कुरालाई व्यवहारिक रुपमा आत्मसात गरेको छ ।

सहज सिकाई पद्धती, विद्यार्थीमैत्री वातावरण, प्रेरणादायी शैक्षिक गतिविधिले यस कलेजलाई विद्यार्थीका लागि आकर्षक गन्तव्य बनाएको छ ।

विद्यार्थीले एसईईमा प्राप्त गरेको ग्रेडिङका आधारमा शतप्रतिशत छात्रवृत्तिका साथै कलेजले विभिन्न किसिमका अन्य छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । यहाँ कक्षा ११, १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, मानविकी संकाय सञ्चालित छ । यसैगरी त्रिवीको सम्बन्धनमा व्याचलर अफ विजनेस स्टडीज, व्याचलर अफ कम्प्युटर एप्लिकेसन र मास्टर इन बिजनेस स्टडिज पढाई हुँदै आएको छ । पठनपाठनका लागि पर्याप्त शैक्षिक स्रोत, सहज सिकाई पद्धती, विद्यार्थीमैत्री वातावरण, प्रेरणादायी शैक्षिक गतिविधिले यस कलेजलाई विद्यार्थीका लागि आकर्षक गन्तव्य बनाएको छ ।

Logo