विद्यार्थीमा सिकाइको भोक जगाउन माहिर समृद्धि स्कुल, बन्दैछ ‘समृद्धि यात्राको सहयोगी’

विद्यार्थीमा सिकाइको भोक जगाउन माहिर समृद्धि स्कुल, बन्दैछ ‘समृद्धि यात्राको सहयोगी’

केन्द्रबिन्दु
70
Shares

२१औं शताब्दीमा बजारको माग अनुसारको जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित शैक्षिक संस्था हो, समृद्धि स्कुल । काठमाडौंको बनस्थलीमा २०७४ सालमा खुलेको समृद्धि स्कुल विद्यार्थीहरुको समृद्धि यात्रामा अहोरात्र खटिरहेको छ ।

विद्यार्थीलाई परीक्षा केन्द्रित भएर करिकुलमको ‘सुँगा रटाई’ गराउने भन्दा पनि विद्यार्थीमा सिकाइको भोक जगाएर अध्ययन गराउनु समृद्धिको विशेषता हो ।

शिक्षार्थीकोे सिकाइकोे सोचलाई जीवनभर कसरी अगाडि बढाउन सकिन्छ भन्ने भिजन नै बनाएर अघि बढिरहेको छ समृद्धि ।

गुणस्तरीय भौतिक पूर्वाधार र अनुभवी शिक्षक समूहको साथमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन गराउँदै आएको यस स्कुलले विद्यार्थीलाई कक्षा १ देखि नै लिडरसीप विकास, ग्रुप वर्क तथा प्रस्तुती जस्ता सिकाइका आधुनिक प्रक्रियालाई अँगाल्दै आएको छ । होटल व्यवस्थापन, पर्यटन र पर्वतारोहण, मार्केटिङ समृद्धिमा पढाई हुने प्रमुख विषय हुन् ।

शिक्षार्थीकोे सिकाइकोे सोचलाई जीवनभर कसरी अगाडि बढाउन सकिन्छ भन्ने भिजन नै बनाएर अघि बढिरहेको समृद्धि सिर्जनशीलताको कदर गर्दै वौद्धिक र व्यक्तिगत विकासका लागि विद्यार्थीलाई सधैं हौसला र प्रेरणा दिने गर्दछ । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सधैं सहयोगी बन्ने यो स्कुलले उचित छात्रवृत्तिको समेत व्यवस्था गर्दै आएको छ ।

करिकुलमको ‘सुँगा रटाई’ गराउने भन्दा पनि विद्यार्थीमा सिकाइको भोक जगाएर अध्ययन गराउनु समृद्धिको विशेषता हो ।

गुणस्तरिय शिक्षाका लागि प्रविधिमैत्री वातावरण र मल्टिमिडिया शिक्षण विधिसहितको इ–लर्निङ सुविधा, सुविधासम्पन्न डिजिटल कक्षाकोठा, आध्यात्मिक शिक्षा, सामूहिक अध्ययन एवं प्रयोगात्मक शिक्षा र शैक्षिक भ्रमणलाई समृद्धि स्कुलले विशेष महत्व दिएको छ। अझ भनौं, विभिन्न किसिमका प्रतिस्पर्धात्मक कार्यक्रमका कारण आत्मविश्वास बढाउन सहयोगी सावत हुँदै आएकोमा विद्यार्थी पनि हर्षित छन् ।

Logo