प्लस टु लेभलमा नै ईन्टर्नसिपको व्यवस्था गर्ने एक मात्र शैक्षिक संस्था, आइएसटी [भिडियाे]

प्लस टु लेभलमा नै ईन्टर्नसिपको व्यवस्था गर्ने एक मात्र शैक्षिक संस्था, आइएसटी [भिडियाे]

केन्द्रबिन्दु
3.1k
Shares

करिब दुई दशकदेखि आइएसटी कलेजले हस्पिटालिटी क्षेत्रका योग्य जनशक्ति तयार गर्दै आएको छ । यस क्रममा कलेजले टुरिजम र हस्पिटालिटी क्षेत्रमा नवआयामसहित अन्तर्राष्ट्रियस्तरका कोर्षहरु पठनपाठन गराउँदै आएको छ । प्लस टु अध्ययनको लागि आइएसटी सेकेण्डरी स्कुल आइएसटी कलेजको व्यवस्थापनअन्तर्गत काठमाडौंको ज्ञानेश्वरमा सञ्चालित छ ।

आइएसटीले विद्यार्थीलाई जिज्ञासु र जागरूक बनाउन विषयअनुसार प्रयोगात्मक अभ्यासलाई उच्च प्राथमिकतामा राखेको छ । एसईईपछि कक्षा ११ र १२ मा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिजम म्यानेजमेन्ट, जनरल म्यानेजमेन्टका विषयहरू पढाई हुन्छ । होटल म्यानेजमेन्ट अध्ययन गर्नेले भोकेशनल सर्टिफिकेटसमेत प्राप्त गर्नेछन् भने कम्प्युटरका विद्यार्थीलाई एनसीसी एजुकेसन यूकेको अतिरिक्त विषयहरू साइबर सेक्युरिटी र डाटा साइन्सको पनि अध्ययन अध्यापन गराइरहेको छ ।

आइएसटीले विद्यार्थीलाई जिज्ञासु र जागरूक बनाउन विषयअनुसार प्रयोगात्मक अभ्यासलाई उच्च प्राथमिकतामा राखेको छ ।

काठमाडौं उपत्यकालगायत नेपालभर सञ्चालित विभिन्न शैक्षिक संस्थाहरुमध्ये आइएसटीले फरक तरिकाबाट विद्यार्थीलाई अध्ययन अध्यापन गराउँदै आएको छ । कक्षा १२ को अन्तिम परीक्षा दिए लगत्तै विद्यार्थीहरुलाई व्यावसायिक एवं व्यावहारिक ज्ञान दिन होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई ४ तारे होटलमा ३ देखि ६ महिना ईन्टर्नसिपमा पठाउँदै आइरहेको छ भने कम्प्युटर साइन्सका विद्यार्थीहरूलाई आईटीसँग सम्बन्धित काम गर्ने टेक कम्पनीहरूमा ४ देखि ६ महिनाको ईन्टर्नसिपमा पठाउने व्यवस्था गरेको छ । प्लस टु लेभलमा नै ईन्टर्नसिपको व्यवस्था गर्ने नेपालको एक मात्र शैक्षिक संस्था हो, आइएसटी ।

आइएसटी सेकेण्डरी स्कुल योग्य जनशक्ति तयार गर्ने विद्यालयको रूपमा अगाडि बढेको छ ।

अनुवभी शिक्षक समूह र परिपक्क व्यवस्थापन समूहले हाँकेको आइएसटीमा विद्यार्थीले सीपमूलक एवं जीवनोपयोगी शिक्षा आर्जन गर्न सक्छन् । यसका लागि कलेजसँग प्रभावकारी पठन विधि मात्र छैन, उत्तिकै स्रोत सम्पन्न कक्षाकोठा र प्रयोगशाला छन् । साथै पर्याप्त पार्किङ्ग, खेलकुद र सम्पूर्ण भौतिक सुविधा सम्पन्न कम्प्युटर ल्याब, प्रयोगात्मक भान्सा, प्रयोगात्मक रेष्टुरेन्ट, बेकरी, बार, हाउस किपिङ, मोक रुम, वारिस्ता, पुस्तकालय आदि छन् ।

प्लस टु लेभलमा नै ईन्टर्नसिपको व्यवस्था गर्ने नेपालको एक मात्र कलेज हो, आइएसटी ।

सारांशमा भन्नुपर्दा आइएसटी सेकेण्डरी स्कुल योग्य जनशक्ति तयार गर्ने विद्यालयको रूपमा अगाडि बढेको छ । यो स्कुलले विद्यार्थीमा पढाइको अलावा व्यवहारिक सिप र ज्ञानमा पनि उत्तिकै जाेड दिँदै आएको छ । साथै अतिरिक्त क्रियाकलापहरूमा स्टडी टुर, सीएसआर, फुटसल टुर्नामेन्टलगायत आयाेजना गर्ने गर्दछ । त्यसैले यस विद्यालयमा प्लस टु लेभलमा अध्ययन पूरा गरिसकेपछि विद्यार्थीहरूले विभिन्न होटलमा गएर इन्ट्री लेभलका काम गर्न सक्षम हुनेछन् ।

Logo