विद्यार्थीलाई पढाईसँगै सुसंस्कृत बनाउन जाेड दिने संस्कृति इन्टरनेसनल स्कुल

विद्यार्थीलाई पढाईसँगै सुसंस्कृत बनाउन जाेड दिने संस्कृति इन्टरनेसनल स्कुल

केन्द्रबिन्दु
5.7k
Shares

विद्यार्थीले कक्षा कोठामा उत्तर होइन, प्रश्न लिएर आउनुपर्छ । शिक्षाले विद्यार्थीलाई जान्ने भन्दा बढी उत्सुक बनाउनुपर्छ । यसले उनीहरुमा पढाईप्रति आफ्नो रुची बढाउँछ र जीवनोपयोगी कुरा सिक्छन् । यही कुरालाई आत्मसात गर्दै संस्कृति इन्टरनेसनल स्कुलले विद्यार्थीलाई प्रेरणादायी वातावरण दिएको छ ।

आर्थिक अभावको कारण विद्यार्थीहरु गुणस्तरिय शिक्षाबाट बञ्चित हुनु हुँदैन भन्ने मान्यता राख्दै यस स्कुलले सस्तो शुल्कमा विद्यार्थी भर्ना गर्दै आएको छ ।

विद्यार्थीलाई पढाईसँगै सुसंस्कृत बनाउनुपर्छ भन्ने मान्यताका साथ यस शैक्षिक संस्थाले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै आएको छ । यहाँ कक्षा ११ र १२ मा विज्ञान, मानविकी र व्यवस्थापनको पठनपाठन हुन्छ ।

विद्यार्थीमा नेतृत्व क्षमता, व्यक्तित्व विकास, सहकार्यको भावना, सामाजिक सेवा जस्ता गुणहरु विकास गर्नुपर्छ भनी सोही अनुरुप विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ, संस्कृति इन्टरनेसनल स्कुलले । गुणस्तरिय शिक्षा, उत्कृष्ट नतिजासहित यस स्कुलले सस्तो शुल्कमा विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाइदिएको छ ।

विद्यार्थीलाई पढाईसँगै सुसंस्कृत बनाउनुपर्छ भन्ने मान्यताका साथ यस शैक्षिक संस्थाले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै आएको छ ।

आर्थिक अभावको कारण विद्यार्थीहरु गुणस्तरिय शिक्षाबाट बञ्चित हुनु हुँदैन भन्ने मान्यता राख्दै यस स्कुलले सस्तो शुल्कमा विद्यार्थी भर्ना गर्दै आएको छ । पढाईका साथसाथै विद्यार्थीमा रहेको कला एवं खुबीलाई उजागर गराउन विभिन्न अतिरिक्त गतिविधि गर्दै आएको छ । खेलकुद, साहित्य, कला, मनोरञ्जन आदिमा रुची भएका विद्यार्थीलाई सोही अनुरुप अनुकुल वातावरण मिलाइदिएको छ ।

चुस्त, परिपक्क र शिक्षामा समर्पित व्यवस्थापक समूह, सक्रिय र उत्साहित शिक्षक समूहले हाँकेको यस शैक्षिक संस्था काठमाडौंको स्वयम्भूमा अवस्थित छ ।

Logo