सार्वजनिक विद्यालय रुपान्तरण दशक मनाउने तयारी

सार्वजनिक विद्यालय रुपान्तरण दशक मनाउने तयारी

केन्द्रबिन्दु
0
Shares

सरकारले आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७६ सालदेखि २०८५ सालसम्मको एक दशकलाई सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरिरहेको जानकारी दिए ।

बुधबार भक्तपुरमा सूरु भएको सार्वजनिक विद्यालय रुपान्तरण अभियानसम्बन्धि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले ‘हामी सुर्धाछौं हाम्रो सार्वजनिक विद्यालय’ भन्ने नारालाई सार्थक बनाउने गरी सार्वजनिक विद्यालयहरुको सुधार अभियानमा जुटन् पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे ।

मन्त्री पोखरेलले स्थानीय सरकार र सम्बन्धित सबै पक्षको पहलमा सार्वजनिक विद्यालयको रुपान्तरण गर्न सो सम्मेलन आयोजना गर्नु परेको पनि स्पष्ट पारे । सम्मेलनले सार्वजनिक विद्यालय रुपान्तरण अभियानलाई सफल बनाउन सघाउ पु¥याउने मन्त्री पोखरेलको विश्वास छ ।

कार्यक्रममा बोल्दै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सार्वजनिक विद्यालयलाई गुणस्तरीय बनाउने चुनौति सामना गर्नेगरी अघि बढन सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । उनले शिक्षालाई जीवन उपयोगी, व्यवहारिक र प्रविधियुक्त बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।

२ दिनसम्म चल्ने सम्मेलनले सार्वजनिक विद्यालयहरुको रुपान्तरणका लागि ठोस धारणा तय गर्ने अपेक्षा गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

Logo