उज्ज्वल भविष्यको खोजीमा रहेका विद्यार्थीका लागि उचित गन्तव्य एनसीसीएस, चण्डोल [भिडियाे]

उज्ज्वल भविष्यको खोजीमा रहेका विद्यार्थीका लागि उचित गन्तव्य एनसीसीएस, चण्डोल [भिडियाे]

केन्द्रबिन्दु
4.8k
Shares

एसईई पश्चात् प्लस टु अध्ययनको लागि निकै उत्कृष्ट गन्तव्य हो, नेशनल क्रीएटीभ को–एजुकेशनल स्कुल (एनसीसीएस) । चण्डोलस्थित एनसीसीएस स्कुलमा प्लस टु अन्तर्गत विज्ञान र व्यवस्थापन संकाय पढाइ हुँदै आएको छ । उज्ज्वल भविष्यको खोजीमा रहेका विद्यार्थीहरूको लागि यो शैक्षिक संस्था त्यो सपना साकार पार्ने थलो हो भन्दा फरक पर्दैन । किनभने एनसीसीएसले अपनाएको शिक्षण विधिमा गुणात्मकता र रचनात्मकता छ ।

उज्ज्वल भविष्यको खोजीमा रहेका विद्यार्थीहरूको लागि यो शैक्षिक संस्था त्यो सपना साकार पार्ने थलो हो भन्दा फरक पर्दैन ।

समय सापेक्षित र युग सुहाउँदो शिक्षा विद्यार्थीलाई दिनमा दृढ रहेको एनसीसीएस अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्ने गर्छ । शैक्षिक क्षेत्रमा आफ्नो कुशल छविको छाप बनाएको एनसीसीएसले प्रयोगात्मक र विद्यार्थीको चौतर्फी विकासलाई विशेष प्राथमिकता दिँदै आएको छ । जसका कारण आज एनसीसीएस शैक्षिक क्षेत्रको एउटा अब्बल संस्थाको रूपमा परिचित छ ।

विद्यार्थीको प्लस टु चरणको यात्रालाई एउटा सफल खुड्कीलाको बलियो आधार बन्दै गएको नेशनल क्रीएटीभ को–एजुकेशनल स्कुल, चण्डोलमा प्रि-स्कुलदेखि कक्षा १२ सम्म कक्षाहरू सञ्चालन भैरहेका छन् । यसैको भगिनी संस्था एनसीसीएस मा.वि. र नेशनल कलेज अफ कम्प्युटर स्टडिज, पकनाजोलमा कक्षा १२ देखि स्नातक तहसम्मको अध्यापन हुँदै आएको छ ।

स्नातक तहमा त्रिभुवन विश्वविद्यालय सम्बद्ध विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ । जसमा एनसीसीएसले युनिभर्सिटी ग्रान्ट्स कमिसन (यूजीसी) बाट क्वालिटी एस्युरेन्स एन्ड एक्रिडेसन सर्टिफिकेट (क्यूएए) प्राप्त गरिसकेको छ ।

विद्यार्थीको क्षमता विकासका लागि एनसीसीएसले खेलकुद, सेमिनार, वर्कसप, लगायत अतिरिक्त क्रियाकलापलाई पनि जोड दिँदै आएको छ । शैक्षिक पूर्वाधारले सम्पन्न एनसीसीएसले विद्यार्थीको सहजताको लागि यातायातको व्यवस्था पनि मिलाएको छ । एनसीसीएसमा आकर्षक पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, सम्मेलन हल आदिको पनि सेवा उपलब्ध रहेको छ ।

प्लस टु शिक्षामा राम्रो अध्ययन गर्ने विद्यार्थीले भविष्यमा विश्वविद्यालयको अध्ययनमा पनि उत्कृष्ट परिणाम हासिल गरी आफ्नो करिअर निर्माण गर्न सक्छन् भन्ने हेतुले यस स्कुलले प्लस टु शिक्षालाई निकै महत्व दिएको छ ।

परिणाममुखी नतिजा दिँदै आएको एनसीसीएसमा अध्ययनरत विद्यार्थीहरूले हरेक वर्ष राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) परीक्षाबाट शत प्रतिशत नतिजा ल्याउन सफल छन् ।

अत्याधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराउने एनसीसीएसले खासगरी विद्यार्थीको सिकाई क्षमतामा वृद्धि गर्ने मात्र नभई सफल भविष्यको आधारस्तम्भ तयारका लागि जोड दिन्छ । एनसीसीएसमा पढ्ने विद्यार्थी अन्तर्राष्ट्रियस्तरमा समेत उनीहरूको उपस्थिति अब्बल रहेको मानिँदै आएको छ ।

परिणाममुखी नतिजा दिँदै आएको एनसीसीएसमा अध्ययनरत विद्यार्थीहरूले हरेक वर्ष राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) परीक्षाबाट शत प्रतिशत नतिजा ल्याउन सफल छन् । यस स्कुलले विद्यार्थीलाई दक्ष मात्र बनाउँदैन, उनीहरूको क्षमता र रुचि अनुरूप रोजगारका लागि मार्ग निर्देशन गर्छ ।

एनसीसीएसमा पढ्ने विद्यार्थी अन्तर्राष्ट्रियस्तरमा समेत उनीहरूको उपस्थिति अब्बल रहेको मानिँदै आएको छ ।

एनसीसीएस स्कुलले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष ध्यान दिँदै रकम अभावमा कुनै पनि विद्यार्थीको अध्ययन बिचमै नरोकियोस् भन्ने विषयको ख्याल गर्दै छात्रवृत्तिको समेत व्यवस्था मिलाएको छ । पठनपाठनका लागि पर्याप्त शैक्षिक स्रोत, सहज सिकाई पद्धति, विद्यार्थीमैत्री वातावरण, प्रेरणादायी शैक्षिक गतिविधिले एनसीसीएस विद्यार्थीहरूको लागि उपयुक्त शैक्षिक संस्था हुने देखिन्छ ।

Logo