नविनतम् प्रविधि अपनाउँदै उत्कृष्ट नतिजा हासिल गर्न सफल, लिभरपुल कलेज [भिडियाे]

नविनतम् प्रविधि अपनाउँदै उत्कृष्ट नतिजा हासिल गर्न सफल, लिभरपुल कलेज [भिडियाे]

केन्द्रबिन्दु
112
Shares

पर्याप्त शैक्षिक स्रोत, सहज सिकाई, उत्कृष्ट नतिजा । नयाँ बानेश्वरमा अवस्थित लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल एवं कलेजको आफ्नोपन हो । आधुनिक शैक्षिक प्रणाली, सुयोग्य शिक्षक र स्रोत सम्पन्न संरचनाले यस कलेजलाई थप सुशोभित बनाएको छ । त्यसैले त गुणस्तरिय एवं जीवनोपयोगी शिक्षाका लागि लिभरपुल विद्यार्थीको रोजाईमा पर्ने गरेको छ ।

आधुनिक शैक्षिक प्रणाली, सुयोग्य शिक्षक र स्रोत सम्पन्न संरचनाले यस कलेजलाई थप सुशोभित बनाएको छ ।

लिभरपुलमा नविनतम् प्रविधि अपनाउँदै छरितो र वैज्ञानिक ढंगले पठनपाठन हुँदै आएको छ । वि.सं. २०६८ मा स्थापना भएको लिभरपुल एजुकेशन नेटवर्क अन्र्तगत लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल र कलेज सञ्चालमा छ । यहाँ कक्षा ११ र १२ अन्र्तगत विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन हुँदै आएको छ । शैक्षिक स्रोतहरुको भरपुर उपयोग गर्दै प्रयोगात्मक शिक्षा प्रदान गर्ने भएकाले यस कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । प्रविधिमैत्री कक्षाकोठा, सुविधासम्पन्न प्रयोगशाला, पुस्तकालय यसका अन्य आकर्षण हुन् ।

शैक्षिक स्रोतहरुको भरपुर उपयोग गर्दै प्रयोगात्मक शिक्षा प्रदान गर्ने भएकाले यस कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

विद्यार्थीको रुची, क्षमतालाई पहिचान गरी सोही अनुरुप शिक्षा प्रदान गर्ने कलेजले पढाईलाई जीवन र जगतसँग जोड्ने प्रयास गरेको छ । आफूले आर्जन गरेको ज्ञान व्यवहारिक जीवनमै उपयोग गर्न सकियोस् भनी शैक्षिक कार्यक्रमहरु तय गरेको छ ।

Skip This
Logo