नेपालका बेस्ट २० प्लस टु कलेज [भिडियाेसहित]

नेपालका बेस्ट २० प्लस टु कलेज [भिडियाेसहित]

केन्द्रबिन्दु
266
Shares

अब के पढ्ने ? कहाँ पढ्ने ? एसईई उत्तिर्ण थुप्रै विद्यार्थीको मनमा संभवत यिनै प्रश्नहरुले डेरा जमाएका छन् । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ र विद्यार्थीहरु अर्को शैक्षिक अध्यायमा प्रवेश गर्दैछन् ।

प्लस टु, यो एक यस्तो प्रवेश विन्दु हो, जसले उनीहरुको सुदूर भविष्यको दिशा र गति पहिल्याउँछ । त्यसैले कक्षा ११ र १२ हरेक विद्यार्थीका लागि महत्वपूर्ण मोड हो । यस प्राज्ञिक मोडमा आइपुगेपछि उनीहरुले बढी नै मिहेनत र तयारी गर्नु जरुरी हुन्छ, वास्तवमा माध्यमिक तहको यो अन्तिम मोड भनेको शैक्षिक खुड्किलो उक्लने आधार शिविर नै हो । यहाँ उनीहरुले गर्ने तयारी, अभ्यासले नै लक्षित चुचुरोमा पुग्ने वा नपुग्ने भन्ने मोटामोटी आधार तय गर्छ । हुन त करिअर वा लक्ष्य भन्ने कुरा निर्दिष्ट हुनैपर्छ भन्ने छैन, समय र परिस्थती अनुसार एउटा कुरामा असफल भएपनि सँगसँगै धेरै सम्भावनाका बाटोहरु देखा परिरहेका हुन्छन् । कक्षा ११ र १२ मा विद्यार्थीले रोज्ने कलेज, छनौट गर्ने विषय, तयारी, मिहेनत आदिले उनीहरुको भविष्य निर्धारण गर्छ ।

हामीले यहाँ प्रस्तुत गरेका राम्रा ‘प्लस टु’ माथि आफैं अध्ययन गरेर आफ्ना लागि कुन उपयुक्त हुन्छ भन्ने कुराको यकिन अभिभावक र विद्यार्थीले आफैं गर्न सक्छन् ।

एसईई पार गरेपछि विद्यार्थीले निश्चित विषयमा आफ्नो दक्षता हासिल गर्नका लागि कक्षा ११ र १२ ले केही विकल्प दिन्छ । त्यस अनुरुप विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षाशास्त्र लगायतका संकायअन्तर्गत करिब २ सय विषयका पाठ्यक्रममा पठनपाठन हुने गरेको छ ।

पछिल्लो समयमा निजी मात्र होइन् सामुदायिक विद्यालयहरुले समेत उत्कृष्ट शैक्षिक वातावरणमा शिक्षा दिलाउन थालिसकेकाले पैसा खर्च गर्दा मात्र राम्रो शिक्षा पाइन्छ भन्ने भ्रमबाट विद्यार्थीहरु मुक्त हुन जरुरी छ ।

पछिल्लो समयमा आफु अध्ययन गरेकै विद्यालयबाट पनि कक्षा १२ सम्मको अध्ययन पूरा गर्ने ट्रेन्ड सुरु भएको छ । यो पनि सकारात्मक पक्ष नै हो । निजी क्षेत्रका शैक्षिक संस्थाले अत्याधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराउने भएकाले आर्थिक स्थिति बलियो हुनेले ति संस्थामा अध्ययन गर्दा राम्रै हुन्छ । खासगरी क्षमतावान् फ्याकल्टी भएको शैक्षिक संस्था रोज्दा विद्यार्थीको शैक्षिक प्रगतिको सम्भावना बलियो हुन्छ ।

एसईई पार गरेपछि विद्यार्थीले निश्चित विषयमा आफ्नो दक्षता हासिल गर्नका लागि कक्षा ११ र १२ ले केही विकल्प दिन्छ ।

राम्रा ‘प्लस टु’ को खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यहाँ केही शैक्षिक संस्था र उनीहरुले समेटेका कार्यक्रमबारे जानकारी दिने प्रयास गरेका छौं । हामीले यहाँ समेटेका प्लस टुहरु उत्कृष्ट पक्कै हुन् तर यी मात्रै उत्कृष्ट हुन् भनेर ठोकुवा भने गर्दैनौँ । यहाँ उल्लेख भएका शैक्षिक संस्था विद्यार्थीका लागि सही शैक्षिक गन्तव्य सिद्ध हुनेमा भने ढुक्क रहन सकिन्छ ।

छनौटको आधार

राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा विगतमा हासिल गरेको शैक्षिक नतिजा, नेपाल सरकार शिक्षा मन्त्रालयले गरेको पुरस्कारको आधार, स्टुडेन्ट च्वाइस, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो प्लस टु बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको शैक्षिक ‘प्लेसमेन्ट’ अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थिति लगायत मापदण्डका आधारमा राम्रा प्लस टु छनौट गरिएको हो । पछिल्लो समयमा भौतिक संरचनामा वृहत लगानी गरेर आएका शैक्षिक संस्थालाई पनि उत्कृष्ट २० को सूचीमा प्राथमिकता दिइएको छ ।

प्लस टु, यो एक यस्तो प्रवेश विन्दु हो, जसले उनीहरुको सुदूर भविष्यको दिशा र गति पहिल्याउँछ ।

प्रमुख मापदण्डको रुपमा लामो समयदेखि शैक्षिक गुणस्तरमा सम्झौता नगरी संचालनमा आएका प्लस टुलाई प्राथमिकता दिइएको छ । उत्कृष्ट शिक्षालयको रुपमा धेरै विद्यार्थीको रोजाइमा परेका प्लस टु पनि यसमा समेटिएका छन् । पास आउट विद्यार्थीको पर्फमेन्स पनि एउटा आधार हो भने राष्ट्रिय परीक्षा बोर्डले ‘रिकग्नाइज’ गरेका प्लस टु पनि अटाएका छन् । धेरै भन्दा धेरै विद्यार्थीमा ३ दशमलव २ जिपिए भन्दा बढी र ४ जिपिए हासिल गराउने शैक्षिक संस्थाहरु टप ट्वेन्टी र्याङ्किङ मापदण्डको अर्को आधार हुन् ।

कतिपय अब्बल शिक्षण संस्था यस छनौट प्रकृयामा सहभागी हुन अनिच्छुक देखिएकाले र्याङ्किङमा समेटिएको छैन । कम विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि समाविष्ट छैनन् । यस्तै विभिन्न वर्षका शैक्षिक परिणाममा ठूलो अन्तर देखिएका अर्थात् उतारचढावपूर्ण नतिजा देखिएका शैक्षिक संस्था पनि यसमा समावेश छैनन् । हामीले यहाँ प्रस्तुत गरेका राम्रा ‘प्लस टु’ माथि आफैं अध्ययन गरेर आफ्ना लागि कुन उपयुक्त हुन्छ भन्ने कुराको यकिन अभिभावक र विद्यार्थीले आफैं गर्न सक्छन् ।

जुन संकाय वा विषय वा जुनसुकै शैक्षिक संस्था छनौट गरे पनि विद्यार्थीले लगनशिल भएर मेहनत गर्दा उसले आफ्नो लक्ष्य हासिल गर्ने पक्का छ ।

उत्कृष्ट ‘प्लस टु’ अन्तर्गत हामीले काठमाडौंसहित देशभरका प्लस टुलाई समेट्ने प्रयास गरेका छौं । राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी, अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानी, समय र परिवेश सुहाउँदो पाठ्य सामग्रीले गर्दा यी शिक्षण संस्था अब्बल हुन भन्नेमा विश्वस्त हुन सकिन्छ । यी नै विषयलाई हामीले उत्कृष्ट शैक्षिक संस्था छनौटको आधार बनाएका छौं । यसरी करिब ३ दर्जन प्लस टु संचालन गर्ने शैक्षिक संस्थालाई यो सामाग्रीमा समेटिएको छ । उत्कृष्ट तर उस्तै–उस्तै शैक्षिक परिणाम रहेका धेरै शैक्षिक संस्थालाई समेट्ने क्रममा कतिपय शैक्षिक संस्थालाई एउटै नम्बरमा समेटेर लैजानुपरेको छ ।

१. प्रसादी एकेडेमी, ललितपुर

देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुमध्ये सर्वोत्कृष्ट घोषित भई पाँच पटकसम्म राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल एकमात्र शैक्षिक संस्था हो, प्रसादी एकेडेमी । ‘अकबरी सुनलाई कसी लगाउनु पर्दैन’ अर्थात् प्रसादी नाम नै काफी छ । त्यसैले त ललितपुरमा अवस्थित प्रसादीमा पढ्नका लागि विद्यार्थीहरुमा होडबाजी चल्छ ।

परिणामुखी पढाईसँगै विद्यार्थीको क्षमता विकासमा जोड दिने प्रसादी अक्सर अब्बल विद्यार्थीको रोजाईमा पर्ने गर्छ । सीमित सिटमा मात्र विद्यार्थी भर्ना गर्ने प्रसादीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पठनपाठन गराउँदै आएको छ । पढेका कुरा व्यवहारिक जीवन र सुदूर भविष्यका लागि पनि उत्तिकै उपयोगी हुनुपर्छ भन्ने मान्यताका साथ प्रसादीले पढाईका प्रभावकारी विधिहरु पहिल्याउने गर्छ । यसका लागि प्रसादीसँग सुयोग्य शिक्षक समूह र उत्तरदायी व्यवस्थापकिय समूह सधै गतिशिल छन् ।

अनुशासित वातावरण र गुणस्तरिय शिक्षण यस कलेजको आकर्षण हुन् । सन् १९९७ मा स्थापना भएको प्रसादीले नेपालको शैक्षिक क्षेत्रमा गर्बिलो योगदान दिइरहेको छ । वैश्विक स्तरका शिक्षण विधिहरु अपनाउँदै व्यवहारिक र वैज्ञानिक ढाँचाबाट पठनपाठन गराउनु यसको आफ्नो विशेषता हो ।

२. सेन्ट जेभियर्स, माइतिघर

काठमाडौंको माइतिघरस्थित सेन्ट जेभियर्स कलेज शैक्षिक क्षेत्रमा एउटा सफल पहिचान बनाउन अग्रणी शैक्षिक संस्था हो । गुणस्तरीय शिक्षा अबको आवश्यकता ठम्याउँदै विद्यार्थीलाई जीवनउपयोगी शिक्षा प्रदान गर्नमा सेन्ट जेभियर्स प्रतिबद्ध छ । नेपालको शैक्षिक इतिहासमा विगत ७ दशक बढी समयदेखि यस शिक्षण संस्था हरतरहबाट ‘उत्कृष्टता, नेतृत्व र सेवामा समर्पित’ हुने उद्देश्यका साथ अघि बढिरहेको छ ।

कक्षा ११ मा विज्ञान संकाय मात्र अध्यापन गराउने यो संस्थाले ‘मेरिट’को आधारमा हजारौं विद्यार्थीबाट छनोट गरेर सीमित कोटामा भर्ना लिन्छ । विज्ञान, अनिवार्य गणित, ऐच्छिक गणित, र अंग्रेजीमा कम्तिमा ‘ए’ र अन्य विषयमा कम्तिमा ‘बी प्लस’ ल्याएका विद्यार्थीलाई मात्र भर्ना लिने संस्था हो सेन्ट जेभियर्स। यसरी अब्बल विद्यार्थी छनोट गर्दा सेन्ट जेभियर्सलै शैक्षिक नतिजा पनि शतप्रतिशत दिन सफल छ । गुणस्तरीय फ्याकल्टी, आधुनिक प्रयोगशाला, आन्तरिक परीक्षाजस्ता कुरामा विशेष ध्यान दिनुले पनि विद्यार्थीलाई सेन्ट जेभियर्समा लोभ्याएको देखिन्छ ।

३. काठमाडौं मोडल कलेज (केएमसी), बागबजार

विगत दुई दशकदेखि शैक्षिक क्षेत्रमा आफ्नो अब्बल परिचय दिन सफल शैक्षिक संस्था हो, काठमाडौं मोडल कलेज (केएमसी) । काठमाडौंको बागबजार र ललितपुरको बालकुमारीमा अवस्थित केएमसीको पहिलो सुत्र नै जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा आजको आवश्यकता भन्ने हो ।

आईएसओबाट मान्यता प्राप्त केएमसीले विद्यालय तहदेखि स्नात्तोकत्तरसम्मको अध्ययन गराउँदै आएको छ । प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन हुँदै आएको यो कलेजले सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको छ । अनुभवी एवं लामो समय शैक्षिक क्षेत्रमा समर्पित प्राध्यापकबाट अध्यापन हुँदै आएको यो कलेजले हरेक विद्यार्थीलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन अनवरत रुपमा प्रयास गर्ने गरेको छ ।

वातावरणमा गुणस्तरीय र इन्टरनेशनल स्ट्यान्डर्ड अनुसार अध्ययन अध्यापनका लागि आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यका भित्र रहेका कलेजमध्ये अब्बल दर्जामा गणना हुन्छ । अनुशासित वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गर्न काठमाडौँ मोडल उचित विकल्प हो भन्नेमा द्विमत छैन ।

३. ट्रिनिटी इन्टरनेशनल कलेज, डिल्लिबजार

एसईई पछि कहाँ पढ्ने ? अधिकांश विद्यार्थीको निर्विकल्प रोजाई हुन्छ, ट्रिनिटी । काठमाडौंको डिल्लिबजारमा अवस्थित ट्रिनिटी इन्टरनेशनल कलेजसँग आखिर त्यस्तो के आकर्षण छ ? यसको एउटै जवाफ हो, विद्यार्थीप्रति पूर्ण समर्पित शैक्षिक कार्यक्रम । कक्षा ११ र १२ मा अविछिन्न उत्कृष्ट नतिजा दिँदै आएको ट्रिनिटीको अर्को आकर्षण ए लेभल पनि हो । वैश्विक मान्यताको यो कार्स गर्नका लागि थुप्रै विद्यार्थीले ट्रिनिटीलाई रोज्ने गर्छ । ट्रिनिटीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पठनपाठन गराउँदै आएको छ । त्यसो त यहाँ स्नातकसम्मका विभिन्न कार्यक्रम सञ्चालनमा छन् । ट्रिनिटीले विद्यार्थीलाई युग सुहाउँदो पाठ्यक्रमसँगै एक सय ५० भन्दा बढी अतिरिक्त गतिविधिमा संलग्न गराउँछ ।

भौतिक पूर्वाधारले उत्तिकै सम्पन्न ट्रिनिटीसँग पर्याप्त शैक्षिक स्रोत र साधन छन् । विश्वको रोजगार बजारमा प्रतिस्पर्धा गर्न सक्ने योग्य जनशक्ति तयार गर्न ट्रिनिटी सधैं प्रद्धिबद्ध छ ।

४. पिनाकल एकेडेमी, ललितपुर

शैक्षिक धरातल जति बलियो हुन्छ, उन्नतीको पथमा उत्तिनै ठूलो छलाङ मार्न सकिन्छ । यही तथ्यमा उभिएर पिनाकल एकेडेमीले उर्बर धरातल निर्माण गरिदिएको छ विद्यार्थीका लागि । फराकिलो शैक्षिक कार्यक्रम र परिणाममुखी पठन प्रणाली मूल विशेषता रहेको पिनाकल कलेज हरेक संकायमा उत्तिकै उत्कृष्ट नतिजा हासिल गर्न सक्षम छ । त्यो पनि हरेक वर्ष ।

ललितपुरको लगनखेलमा अवस्थित पिनाकलमा विद्यालय तहदेखि स्नातकसम्म विभिन्न शैक्षिक कार्यक्रम सञ्चालित छन् । यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायको पठनपाठन गराउँदै हुँदै आएको छ ।

विद्यार्थीको पढाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? पढेका कुरा कसरी जीवनोपयोगी बनाउन सकिन्छ ? सोही अनुरुप पिनाकलले सम्बन्धित विषयमा शैक्षिक गतिविधिहरु गरिरहेको छ । गुणस्तरीय शिक्षालाई मुल जडका रुपमा लिएको पिनाकल एकेडेमी, देशैभरको एक अग्रणी शैक्षिक संस्थाका रुपमा पृथक पहिचान बनाउन सफल छ ।

४. एनसीसीएस, पकनाजोल

परिणाममुखी नतिजाका लागि विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा ध्यान केन्द्रित गरेर अध्यापन गराउँदै आएको सफल शैक्षिक संस्थान हो, नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस) । काठमाडौंको पकनाजोलमा रहेको यस कलेजले शिक्षाको क्षेत्रमा आफ्नो दुई दशक लामो यात्रा तय गरिसकेको छ ।

विश्वको रोजगार बजारले खोज्ने योग्य जनशक्ति तयार गर्दै आएको कलेजले निरन्तर उत्कृष्ट नतिजा पनि हासिल गर्दै आएको छ । कक्षा ११ र १२ को पढाई पछि व्यवस्थापन र प्रविधिमा भविष्य बनाउन चाहने विद्यार्थीका लागि यो कलेज उर्बर थलो हो ।

कलेजले स्नातकमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेशन म्यानेजमेन्ट (बीआईएम), ब्याचलर्स अफहोटल म्यानेजमेन्ट प्रोग्राम (बीएचएम), ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजी(बीएसी सीएसआईटी) तथा ब्याचलर्स अफबिजनेश म्यानेजमेन्ट (बीबीएम) र ब्याचलर अफ कम्प्युटर एप्लिकेशन(बीसीए) पढाई हुँदै आएको छ । विषयगत इन्टर्नसिपका लागि सहजीकरण गर्दै रोजगारीका लागि समेत एनसीसीएस कलेज सेतु बनेको छ ।

५. क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसीए), बालकुमारी

क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसीए), शैक्षिक दक्षता हासिल गर्नका लागि एक उर्बर थलो । सन् २००१ देखि सञ्चालित कलेजको नतिजाले भन्छ, यहाँ पढेका विद्यार्थीले बलियो शैक्षिक धरातल निर्माण गर्न सक्षम हुन्छन् ।

कलेजले आफूलाई ‘द कलेज फर लर्निङ विथ पोजेटिभ अप्रोच’ भनी चिनाउन चाहन्छ । यसले विद्यार्थीलाई शैक्षिक जनशक्तिको रुपमा मात्र तयार गर्दैन उत्तिकै जिम्मेवार र कर्तव्यनिष्ठा नागरिक बन्न पनि प्रेरित गर्छ । कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकाय अन्र्तगत पठनपाठन हुन्छ । स्थापनाकालदेखि उत्कृष्ट नतिजा दिइरहेको यस कलेज यसकारण खास छ कि, जसले पठनपाठनलाई जीवनसँग जोड्ने गर्छ । यसका लागि कलेजसँग दक्ष, परिपक्क र अनुभवी शिक्षक समूह छ ।


कलेजमा पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब जस्ता सुविधाहरु छन्, जसले व्यवहारिक सिकाईलाई प्रभावकारी बनाउँछ । यसका साथै कक्षाकोठा विद्यार्थीमैत्री छ । अत्याधुनिक भौतिक संरचना भएको कलेजमा आवसिय विद्यार्थीका लागि होस्टलको व्यवस्था छ ।

५. युनिग्लोब स्कुल एण्ड कलेज, कमलादी

काठमाडौंको कमलादीमा अवस्थित युनिग्लोब माविरकलेज नेपालको एक अग्रणी शैक्षिक संस्था हो । विश्वस्तरमै अब्बल साबित गर्न सक्ने दक्ष एवं क्षमतावान् जनशक्ति उत्पादन गर्दै राष्ट्र सेवा गर्ने उदेश्यसहित खुलेको यस कलेज हरेक वर्ष उत्कृष्ट नतिजा पस्किन सफल छ ।

उज्जवल भविष्यको सपना बोकेर गुणस्तरिय एवं युग सुहाउँदो शिक्षाको खोजीमा रहने हरेक विद्यार्थीको सपना साकार पार्न लागि परेको युनिग्लोबमा स्कुल लेभलदेखि प्लस टु, ब्याचलर र मास्टर्ससम्म अध्यापन हुने गर्दछ । विद्यार्थीको उच्च शिक्षाका लागि प्लस टु नै आधारभूमी हो भन्ने बुझेको युनिग्लोबमा प्लस टुतर्फ विज्ञान, व्यवस्थापन तथा कानून संकायमा पढाई हुन्छ । विज्ञान संकाय अन्तर्गतका विद्यार्थीहरुलाई लक्षित गरी सुविधासम्पन्न अत्याधुनिक प्रयोगशालाहरु पनि संचालनमा ल्याएको छ ।
भौतिक पूर्वाधारअन्तर्गत कक्षाकोठालाई प्रविधिमैत्री र सुविधा सम्पन्न तुल्याएको युनिग्लोबले विद्यार्थीलाई अध्ययनमैत्री वातावरण होस् भनेर अत्याधुनिक लाईब्रेरी समेतको व्यवस्था गरेको छ ।

६. मोडर्न स्कुल एन्ड कलेज, भक्तपुर

विद्यार्थीलाई शिक्षाका साथसाथै व्यवहारिक जीवन सुन्दर बनाउने कला पनि सिकाउनु जरुरी छ । उनीहरुले आज जे पढ्छन्, त्यो कुराले भोलिका दिनमा उनीहरुलाई सहज बनाउनुपर्छ । यसले ज्ञानको दायरा त फराकिलो बनाउनु पर्छ नै जीवनलाई अर्थपूर्ण पनि । यही मान्यतालाई शिरोधार गर्दै मोडर्न स्कुल एन्ड कलेजले कलेजले जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको छ ।

निःसन्देह यस कलेजको पहिलो सर्त, गुणस्तरिय शिक्षा नै हो । यहाँ कक्षा ११ र १२ मा कानुन र व्यवस्थापन संकाय पठनपाठन हुन्छ । हाल स्नातक तहअन्तर्गत बिलबिएस सञ्चालनमा छ भने भविष्यमा थप अरू विषयहरू सहित स्नातक र स्नातकोत्तर तहहरू सञ्चालन गर्ने व्यवस्थापकको तयारी छ ।

यद्यपि यस शैक्षिक संस्थाले विद्यार्थीलाई पढाईमा मात्र केन्द्रित गराउँदैन । त्यसका साथसाथै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिने गरेको छ । खेलकुद, साहित्य, कला मनोरञ्जन आदिको माध्यमबाट विद्यार्थीको क्षमता उजागर गर्न कलेजले नियमित कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । त्यसैले यो कलेज एउटा उर्बर धरातल पनि हो, आफ्नो कला र प्रतिभा प्रस्फुटन गराउने ।

६. जेभियर इन्टरनेशनल कलेज, कालोपुल

शैक्षिक उपलब्धीका हिसाबले गरिमामय स्थान आर्जन सफल छ, जेभियर इन्टरनेशनल कलेजले । काठमाडौंको कालोपुलमा अवस्थित यो यस्तो अग्रणी कलेज हो, जसले अत्याधुनिक कक्षाकोठामा जीवनोपयोगी पठनपाठन गराउँदै आएको छ ।

‘विद्यार्थीलाई जीवनका लागि तयार गर्नु’ यस कलेजको मूल ध्येय हो । सोही अनुरुप कलेजले सर्वाङ्गीण विकाससँगै व्यवहार र प्रयोगमा आधारित सिकाई विधि अपनाएको छ । त्यसो त दुई दशक लामो शैक्षिक इतिहास बनाएको छ यो कलेजले ।

कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकाय पठनपाठन गराइरहेको कलेजले क्याब्रिज विश्वविद्यालयको सम्बन्धनमा ए लेभलको पनि कोर्स गराउँदै आएको छ । उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको यस कलेजले परिवर्तित प्रविधि, पाठ्यक्रम र व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ ।

६. लिटल एन्जल्स स्कुल, ललितपुर

शैक्षिक उन्न्यनमा अविछिन्न समर्पित नाम हो, लिटल एन्जल्स स्कुल । ललितपुरको हात्तिवनमा सन् १९८१ मा स्थापना भएको यो स्कुलले चार दशक बढी अवधिदेखि उही रफ्तारमा, उही लयमा उत्कृष्टताका साथ अगाडि बढ्दै गौरवशाली इतिहास रचेको छ । स्थापनाकालदेखि नै सतप्रतिशत नतिजा दिन सफल यस स्कुलको शैक्षिक योगदानलाई कम आँक्न सकिँदैन ।

‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने कुरालाई विशेष ध्यान दिँदै आएको लिटल एन्जल्सले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पठनपाठन गराउँछ । त्यससँगै क्याम्ब्रिज विश्वविद्यालयको वैश्विक कोर्स ए लेभल पनि यहाँ उपलब्ध छ । विद्यार्थीको शैक्षिक प्रगतिका साथै शारीरिक, मानसिक विकासलाई समेत जोड दिँदै लिटल एन्जल्समा समयअनुसारको सम्पूर्ण सेवा सुविधा उपलब्ध छ ।

दिगो अनि चुस्त व्यवस्थापिकय समूह, सहज अनि रचनात्मक शिक्षक, वैज्ञानिक अनि जीवनोपयोगी सिकाई, स्रोत सम्पन्न कक्षाकोठा, विद्यार्थीमैत्री संरचना, गतिशिल अतिरिक्त क्रियाकलाप यस स्कुलको खास आकर्षण हुन् ।

७. काठमाडौं बर्नहार्ट, बल्खु

२०५७ सालदेखि अविछिन्न उत्कृष्ट नतिजा पस्कदै आएको शिक्षण संस्था हो, काठमाडौं बर्नहार्ट । यसैले त काठमाडौं बर्नहार्ट देशभरकै उत्कृष्ट कलेजहरुको पंक्तिमा सूचिकृत छ । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा गुणस्तरको सबै तह पार गरेकाले त्रिभुवन विश्वविद्यालयबाट क्यूएए मान्यता पाउने पहिलो कलेज हो यो ।

माध्यमिक तहदेखि स्नातकोत्तर तहसम्म पढाई हुने बर्नहार्टमा प्लस टुतर्फ विज्ञान, व्यवस्थापन र मानविकी संकायमा पठन पाठन हुन्छ । सम्पूर्ण विद्यार्थीलाई दक्ष तथा अब्बल बनाउन परीक्षा केन्द्रित अतिरिक्त कक्षा समेत यो शैक्षिक संस्थाले संचालन गर्दै आएको छ । पढेका कुरालाई जानकारीको रुपमा मात्र नभई व्यवहारिक जीवनमा उपयोग गर्न सकोस् भनी कलेजले पठन पद्धतीलाई अभ्यासमा आधारित बनाएको छ । यहाँ कुनै पनि पाठ्यक्रमसँग सम्बन्धित प्रयोगात्मक अभ्यास हुन्छ ।

४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७६ सालमा शिक्षा मन्त्रालयले यस कलेजलाई उत्कृष्ट निजी महाविद्यालयबाट सम्मान गरेको थियो ।

७. जेभियर एकेडेमी, लाजिम्पाट

आफ्नो स्थापनाको रजत जयन्ती मनाइसकेको जेभियर एकेडेमीको मूल सर्त हो, गुणस्तरिय शिक्षा र उत्कृष्ट नतिजा । यसका लागि कलेजले विद्यार्थीसँग अन्तरक्रियात्मक सहभागितामा शिक्षण विधिलाई प्रभावकारी र दीगो बनाउने गरेको छ ।

सन् १९९७ मा लाजिम्पाटमा खुलेको जेभियरले कक्षा ११ र १२ मा विज्ञान एवं व्यवस्थापन संकाय अन्र्तगत पठनपाठन गराउँदै आएको छ । गुणस्तरिय शिक्षणका साथ बर्षेनी ९५ प्रतिशत भन्दा बढी नतिजा हासिल गर्दै आएको जेभियरले जेहेन्दार, गरिब विद्यार्थीलाई पनि उत्तिकै अवसर दिइरहेको छ । साथै नियमित रुपमा परीक्षा, अन्र्तक्रिया, छलफल आदि गराउँछ ।

पढाई मात्र होइन, विद्यार्थीले आफ्नो रुची अनुसारको क्षमता पनि विकास गर्नुपर्छ भन्ने ध्येयले विभिन्न अतिरिक्त गतिविधि सञ्चालन गर्दै आएको छ । त्यसैले त कलेजस्तरमा हुने प्रतियोगितामा यहाँका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरिहेका छन् ।

८. सेन्ट लरेन्स कलेज, चावहिल

साढे दुई दशक लामोसमय शैक्षिक क्षेत्रमा योगदान गर्दै आएको शिक्षण संस्थाको नाम हो, सेन्ट लरेन्स कलेज । काठमाडौंको चावहिल पिपलबोटमा सन् १९९७ सालमा स्थापना भएको यस कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्थामा दरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट लरेन्समा उच्च माध्यमिक तहदेखि स्नात्तोकतरसम्मको अध्यापन हुँदै आएको छ । प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा पढाई हुँदै आएको छ भने स्नातकमा बीएसी एसआईटी,बीसीए,बीबीएस, बीएरबीएसडब्लुको पढाई हुँदै आएको छ ।

सेन्ट लरेन्सले किताबी ज्ञानले मात्र नभई विषयगत भ्रमण तथा तालिम समेत सञ्चालन गरेर विद्यार्थीको क्षमतामा निखार ल्याउन सहजीकरण गर्दै आएको छ । साथै विद्यार्थीमा भएको क्षमतालाई परिस्कृत गर्न सेन्ट लरेन्सले एक्सट्रा क्लास,गेष्ट लेक्चरलका कक्षा समेत हुँदै आएको छ । विद्यार्थीका लागि विषय अनुसारका इन्टर्नसिपका कार्यक्रम हुने गरेको छ ।

८. अरनिको आवासीय माध्यामिक विद्यालय, विराटनगर

कोशी प्रदेशकै गरिमा हो, अरनिको आवासीय माध्यामिक विद्यालय । विराटनगरमा अवस्थित यस शैक्षिक संस्था गुस्तरिय शिक्षा र उत्कृष्ट नतिजाका लागि देशभर कहलिएको छ । विद्यालय तहको परीक्षामा यहाँका विद्यार्थीले देशभरमै सर्वोत्कृष्ट अंक हासिल गरेको इतिहास छ ।

लामो शैक्षिक इतिहास बनाएको अरनिको आवासीय माध्यामिक विद्यालय विसं २०३३ सालमा स्थापना भएको हो । त्यसयता अविछिन्न उत्कृष्ट नतिजा हासिल गर्दै आएको अरनिकोले विद्यार्थीहरुलाई सुनौलो भविष्य निर्माणका लागि बलियो धरातल उपलब्ध गराउँदै आएको छ । देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुको पंक्तिमा अरनिकोले आफूलाई पनि स–गरौव उभ्याएको छ ।

२०५६ सालदेखि यस शैक्षिक संस्थाले कक्षा ११ र १२ को पठनपाठन गराउँदै आएको छ । कक्षा ११ र १२ मा विज्ञान र व्वस्थापन संकाय सञ्चालन गर्दै आएको छ । यस विद्यालयले गौरवमय इतिहास रच्नुको पछाडि परिपक्क, अनुभवी, उत्तरदायी र दक्ष शिक्षक समूह मूल कडी हुन् । त्यससँगै उत्कृष्ट व्यवस्थापन र वैज्ञानिक पठनपाठनले यसको गरिमालाई उँचो बनाएको हो ।

८. किस्ट कलेज, कमलपोखरी

करिब तीन दशक लामो शैक्षिक इतिहास बनाएको गर्बिलो नाम हो, किस्ट कलेज । काठमाडौं इन्स्च्यिुट अफ साइन्स एन्ड टेक्नोलोजी अर्थात किस्ट कलेजको स्थापना सन् १९९५ मा भएको थियो । यहाँबाट अहिलेसम्म १५ हजार विद्यार्थी ग्राजुएट भइसकेका छन् । यस हिसाबले किस्ट कलेज योग्य र जिम्मेवार जनशक्ति तयार गर्ने आधारभूमी बनिरहेको छ ।

लामो समयदेखि अविछिन्न उत्कृष्ट नतिजा दिइरहेको किस्ट कलेज युग सुहाउँदो शिक्षण विधिका लागि पनि चिनिएको छ । वैज्ञानिक र व्यवहारिक पठन पद्दती, जीवनोपयोगी शिक्षा, अनुशासित वातावरण यस कलेजको जग हुन् ।

काठमाडौंको कमलपोखरीमा अवस्थित कलेज देशभरका विद्यार्थी पढ्ने साझा थलो पनि हो । कक्षा ११ र १२ मा विज्ञान अनि व्यवस्थापन संकाय पढाई भइरहेको कजेलमा स्नातकोत्तरसम्म पठनपाठन गर्न सकिन्छ । समयसापेक्ष शिक्षा, रचनात्मक सिकाई यहाँको आफ्नोपन हो । यहाँ पाठ्यक्रममा आधारित को–करिकुलम एक्टिभीटिज तथा अतिरिक्त क्रियाकलापलाई जोड दिइन्छ ।

९. मदरल्यान्ड सेकेन्डरी स्कुल, पोखरा

मदरल्यान्ड सेकेन्डरी स्कुल नेपालको शैक्षिक जगतमा एउटा छुटै पहिचान बनाउन सफल शैक्षिक संस्था हो । ‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल मन्त्र राखेर यस स्कुलले कक्षा १२ सम्म विभिन्न विषयहरूलाई समेटेर पठनपाठन सञ्चालन गर्दै आएको छ ।

प्लस टुमा विज्ञान र व्यवस्थापक संकाय अन्तर्गतका विषय पढाउँदै आएको मदरल्यान्ड सेकेन्डरी स्कुल पोखराको एउटा उत्कृष्ट शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाभित्र पर्छ । शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्ड सेकेन्डरी स्कुल अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो ।

वि.सं. २०५१ सालबाट सञ्चालनमा आएको यस स्कुल भविष्यमा देशको नेतृत्व गर्न सक्ने बलियो जग विद्यार्थीलाई ठानी प्रभावकारी शिक्षा प्रवाह गर्नमा दृढ रहेको छ । सुलभ शुल्कमै उत्कृष्ट शिक्षा दिनमा फोकस रहेको मदरल्यान्डमा पोखरा लगायतका विभिन्न जिल्लाबाट विद्यार्थीहरू जोडिन आइपुग्छन् ।

९. युनाइटेड एकेडेमी, ललितपुर

शिक्षण संस्थाहरूको भीडभाडमा छुट्टै पहिचान बनाउन सफल नाम हो, युनाइटेड एकेडेमी । २६ वर्षे शैक्षिक यात्रा पूरा गरी २७औं वसन्तमा चलिरहेको युनाइटेड एकेडेमी ग्रुपकै व्यवस्थापनमा २०५९ सालमा युनाइटेड एकेडेमी स्थापना भएको हो ।
ललितपुर कुमारीपाटीमा अवस्थित यस कलेजमा राष्ट्रिय परिक्षा बोर्ड नेपालको सम्बन्धनमा रहेर विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायको अध्यापन हुँदै आएको छ । साथै, त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिएर युनाइटेडले स्नातक र स्नात्तोकत्तर तहको समेत अध्यापन गराउँदै आएको छ ।

दक्ष, अनुभवी शिक्षक समूह, रचनात्मक पठन विधिका कारण युनाइटेड एकेडेमी कलेज सतप्रतिशत नतिजा पस्किन सफल छ । वैज्ञानिक विधिबाट पठनपाठन हुने यस कलेजमा विद्यार्थीको क्षमता अभिवृद्धि तथा सिकाइको दायरा फराकिलो बनाउन पाठ्यक्रमसँग सम्बन्धित गतिविधि तथा अतिरिक्त क्रियाकलापमा समेत जोड दिइन्छ । त्यसैले पनि यस कलेजको विद्यार्थी र अभिभावकको रोजाईमा पर्दै आएको छ ।

१०. रिलायन्स इन्टरनेशल एकेडेमी, चावहिल

शैक्षिक इतिहास ३ दशक लामो यात्रा तय गरिसकेको रिलायन्स इन्टरनेशल एकेडेमी अब्बल दर्जाको शैक्षिक संस्थामा दरिएको छ । यस कलेजलाई शिक्षा मन्त्रालयसँगको सहकार्यमा ब्रिटिश काउन्सिलले ‘इन्टरनेशनल एकेडेमी’को रुपमा सम्मान गरेको छ । यहाँ विद्यालय तहदेखि स्नातकोत्तरसम्म पठनपाठन गर्न सकिन्छ ।

यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पठनपाठन हुन्छ । अहिले विश्व नै सूचना प्रविधिमा गोलबद्ध हुँदै गएको छ । यही कुरालाई मध्यनजर गर्दै कलेजले आइटी अर्थात इन्र्फमेशन टेक्नोलोजीमा आधारित रहेर पठनपाठन गराउँदै आएको छ ।

प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठन शैली, प्रेरणादायी वातावरण रिलायन्सका आकर्षण हुन् । विद्यार्थीलाई पाठ घोकाउने नभई पठनपाठनका लागि सहजीकरण गरिदिने अनुभवी शिक्षक समूह, दिगो र चुस्त व्यवस्थापकिय समूह र पर्याप्त शैक्षिक सामाग्रीले रिलायन्स सुशोभित छ ।

१०. लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल एवं कलेज, नयाँ बानेश्वर

पर्याप्त शैक्षिक स्रोत, सहज सिकाई, उत्कृष्ट नतिजा । नयाँ बानेश्वरमा अवस्थित लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल एवं कलेजको आफ्नोपन हो । आधुनिक शैक्षिक प्रणाली, सुयोग्य शिक्षक र स्रोत सम्पन्न संरचनाले यस कलेजलाई थप सुशोभित बनाएको छ । त्यसैले त गुणस्तरिय एवं जीवनोपयोगी शिक्षाका लागि लिभरपुल विद्यार्थीको रोजाईमा पर्ने गरेको छ ।

वि.सं. २०६८ मा स्थापना भएको लिभरपुल एजुकेशन नेटवर्क अन्र्तगत लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल र कलेज सञ्चालमा छ । यहाँ कक्षा ११ र १२ अन्र्तगत विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन हुँदै आएको छ । शैक्षिक स्रोतहरुको भरपुर उपयोग गर्दै प्रयोगात्मक शिक्षा प्रदान गर्ने भएकाले यस कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । प्रविधिमैत्री कक्षाकोठा, सुविधासम्पन्न प्रयोगशाला, पुस्तकालय यसका अन्य आकर्षण हुन् ।

विद्यार्थीको रुची, क्षमतालाई पहिचान गरी सोही अनुरुप शिक्षा प्रदान गर्ने कलेजले पढाईलाई जीवन र जगतसँग जोड्ने प्रयास गरेको छ ।

१०. भीएस निकेतन, तिनकुने

काठमाडौं उपत्यकामा ४ दशक लामोसमयदेखि निरन्तर गुणस्तरीय शिक्षामा खटिएको शैक्षिक संस्था हो, भीएस निकेतन । मीनभवनमा सन् १९८१ मा खुलेको भिएस निकेतन काठमाडौं उपत्यकामा खुलेका निजी शैक्षिक संस्थाका बीच पुरानोमध्येको एक हो ।

पोखरा युनिभर्सिटिबाट सम्बन्धन प्राप्त भीएसमा विद्यालयतहदेखि स्नातकसम्म अध्ययन अध्यापन हुँदै आएको छ । भिएस निकेतनमा प्लस टु तर्फविज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ । सैद्धान्तिकसँगै व्यवहारिक शिक्षालाई समेत जोड दिँदै आएको यो शिक्षण संस्थामा विद्यार्थीले नतिजामुखी परिणाम ल्याउने कार्यलाई निरन्तरता दिएका छन् । समय सान्दिर्भिक अध्ययापन गराउने भीएस निकेतनबाट उत्तिर्ण भएका विद्यार्थी मेडिसिन, इन्जिनियरिङ, बैकिङ लगायत व्यवसायिक क्षेत्रमा आबद्ध छन् ।

प्रोफेशनल जनशक्ति तयार गर्नु यस कलेजको पहिलो उद्देश्य हो । यही उद्देश्य प्राप्तीका लागि यस कलेजले पछिल्ला परीक्षामा शतप्रतिशत नतिजा ल्याइरहेको छ, त्यो पनि उत्कृष्ट अंकसहित । जुनसुकै संकायबाट आउने विद्यार्थीलाईसमेत बीबीए प्रोग्राममा भर्ना लिने गरेको यस कलेजमा ७७ वटै जिल्लाबाट अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् ।

११. नेशलन स्कुल अफ साइन्सस (निस्ट), लैनचौर

वैज्ञानिक र शिक्षाविद्हरुले एक विशिष्ठ शैक्षिक संस्थाको आवश्यक्ता महशुस गरेपछि स्थापना भएको थियो, निस्ट फाउन्डेसन । निस्ट फाउन्डेसन अन्र्तगत नेशलन स्कुल अफ साइन्ससहित ९ वटा शैक्षिक संस्था संचालनमा छन् । २०५० सालमा काठमाडौंको लैनचौरमा स्थापना भएको कलेजले लामो शैक्षिक यात्रा मात्र पुरा गरेको छैन, उत्तिकै गर्विलो इतिहास पनि रचेको छ । त्यसैले त आज बर्षेनी हजारको हाराहारीमा विद्यार्थीहरु यहाँ भर्ना हुने गरेका छन् ।

उत्तरदायी र दूरदर्शी व्यवस्थापन, सक्रिय र रचनात्मक शिक्षक समूह, प्रयोगात्मक पठन प्रणालीले निस्टलाई यो उचाईसम्म पुर्याएको हो । कलेजले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । त्यससँगै विद्यार्थीको अतिरिक्त गतिविधिमा पनि जोड दिदै आएको छ । यसका लागि कलेजसँग पर्याप्त स्रोत साधन छ । विद्यार्थीलाई नतिजासँगै सीप र क्षमताले पनि युक्त बनाउनुपर्छ भनी यस कलेजले सोही अनुरुप कार्यक्रम गर्दै आएको छ ।

विद्यार्थीलाई प्रविधिमैत्री बनाउने, उनीहरुको नेतृत्व क्षमता एवं व्यक्तित्व विकास गर्ने, सीप सिकाउने, सामाजिक जीवनमा उत्तरदायी बन्न प्रेरित गर्ने लक्ष्यका साथ कलेजले विभिन्न गतिविधि गर्दै आएको छ ।

१२. ट्रिटन इन्टरनेशनल स्कुल एन्ड कलेज, बालकुमारी

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा ज्ञान, अनुभव र दक्षता संगालेका विशेषज्ञहरुको समूहले हाँकेको शैक्षिक संस्था हो, ट्रिटन इन्टरनेशनल स्कुल एन्ड कलेज । विद्यार्थीमा भएको रुची पहिल्याउँदै सोही अनुरुप क्षमता विकास गर्न सिकाईका विविध माध्यमहरु अपनाउँदै आएको यो कलेज विद्यार्थी र शिक्षामा पूर्ण समर्पित छ । विद्यार्थीमैत्री वातावरण, रचनात्मक पठन विधि, योग्य शिक्षक, पुग्दो शैक्षिक स्रोत, प्रेरणादायी अभिभावकत्व यस कलेजका मूख्य आकर्षण हुन् ।

बालकुमारीमा अवस्थित यो कलेज २०५६ सालमा स्थापना भएको हो । यहाँ कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पढाई हुन्छ । कक्षा ११ र १२ तर्फ विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकायको पठनपाठन हुन्छ । विद्यार्थीलाई पाठ्यक्रमसँग सम्बन्धीत व्यवहारिक शिक्षा बाहेक अतिरिक्त क्रियाकलापमा समेत यो कलेजले जोड दिँदै आएको छ ।

१२. सगरमाथा मावि, पोखरा

पोखरा र पोखरा आसपासबाट एसईई दिएर ‘प्लस टु’ अध्ययन गर्न चाहने विद्यार्थीका लागि उपयुक्त गन्तव्य बन्दैछ, सगरमाथा मावि । स्थापनाकाल देखि नै गुणस्तरीय शिक्षामा जोड दिइरहेको सगरमाथा गण्डकी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाको परिचय बनाउन सफल छ ।

व्यवस्थापन र विज्ञान संकायमा अध्यापन हुने सगरमाथा माविको ध्यान विद्यार्थी बटुल्नेभन्दा पनि भएका विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदान गर्नु हो । हुन त यहाँ स्नातकसम्म पनि पढाई हुने गर्दछ । तर, सगरमाथा विशेषगरी ‘प्लस टु’मा परिचित छ । अनुशासनले जीवनमा आमुल परिवर्तन ल्याउन सकिन्छ भन्ने बुझेको सगरमाथाले अध्ययनमैत्री वातावरण बनाउँदै विद्यार्थीसँगै शिक्षकलाई पनि अनुशासनमा बाँधेको छ । विद्यार्थीमैत्री शिक्षण विधि, कमजोर विद्यार्थीलाई परामर्श र अतिरिक्त कक्षाको व्यवस्थाका साथै उच्चतम प्रविधि प्रयोग गरिएका कक्षाकोठा सगरमाथाका विशेषता हुन्।

१३. मोर्गन इन्टरनेशनल कलेज, बसुन्धारा

बसुन्धारास्थित मोर्गन इन्टरनेशनल कलेज प्लस टु शिक्षाका लागि निकै परिचित शैक्षिक संस्था हो । शैक्षिक उत्कृष्टताका लागि अग्रणी कलेज बन्न सफल मोर्गन कलेज बौद्धिक, सामाजिक र व्यक्तिगत रूपान्तरणका लागि गुणात्मक शिक्षा प्रदान गर्दै आएको छ ।

विद्यार्थीको सपना साकार पार्ने प्रतिबद्धताका साथ गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक परिणाम हासिल गर्दै आएको मोर्गन कलेज प्रतिको क्रेज आम अभिभावक र विद्यार्थीमा अतुलनीय छ । मोर्गन कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकाय अन्तर्गतका विषयहरूको पठनपाठन धमाधम सञ्चालन हुँदै आएको छ । विद्यार्थीको अब्बल भविष्यको जग प्लस टु शिक्षा पनि हो भन्ने ठान्दै शैक्षिक मैत्री वातावरण सिर्जन गर्नमा यस कलेजले कुनै कसुर बाँकी राखेको छैन ।

प्लस टु शिक्षाका लागि उत्कृष्ट गन्तव्यको पृथक पहिचान बनाएको यस कलेजमा अध्ययनरत विद्यार्थीको परीक्षामा उत्तीर्णता पनि शतप्रतिशत छ । कलेजको आफ्नै सुविधा सम्पन्न भव्य भौतिक संरचना पनि रहेको छ ।

१३. टेक्सास इन्टरनेशनल कलेज, चावहिल

काठमाडौंको मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेशनल कलेजका उच्च स्तरको व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि परिचित छ । कम्प्लिट एजुकेशन हब बनाउन ‘टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्क’ तयार गरिरहेको यस कलेजले सैद्धान्तिक पढाइलाई भन्दा पनि विद्यार्थीको क्षमता विकासलाई जोड दिँदै आएको छ । जसका कारण टेक्सासमा आम अभिभावक र विद्यार्थीहरू प्रति क्रेज बढ्दो पाइन्छ ।

टेक्सासमा प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय अन्तर्गतका विषयहरूलाई समेटेर अध्यापन हुँदै आएको छ । यस कलेजले विद्यार्थीलाई प्रमाणपत्रमा मात्र सीमित नगरेर व्यवहारिक शिक्षासमेत प्रदान गर्दै आएको छ । गुणस्तरीय र व्यवसायिक शिक्षा दिने उद्देश्यले सन् २०१० देखि सञ्चालनमा आएको टेक्सासको शैक्षिक यात्राको छलाङ लोभलाग्दो छ ।’

समयसापेक्ष अध्ययन गराएर विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त कोर्षमासमेत यो कलेजले जोड दिएको छ । उच्चस्तरको व्यवस्थापन र गुणस्तरीय शिक्षालाई कलेजले विशेष प्राथमिकतामा राखेको यो कलेज प्लसटु अध्ययनको लागि विद्यार्थीको लागि उपयुक्त गन्तव्यको रूपमा रहेको छ ।

१४. द टाइम्स इन्टरनेशनल कलेज, डिल्लीबजार

सबै समुदाय, सबै वर्गका विद्यार्थीलाई समान रुपले एउटा उर्बर धरातल निर्माण गरिदिने लक्ष्यका साथ स्थापना भएको हो, द टाइम्स इन्टरनेशनल कलेज । यही लक्ष्य पहिल्याउँदै कलेजले दुई दशक बढी यात्रा तय गरिसकेको छ । र, यस अवधिमा कलेजले उत्कृष्टता हासिल गर्दै अभिभावक र विद्यार्थीबाट विश्वास कमाएको छ ।

द टाइम्समा कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पठनपाठन हुन्छ । यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय सञ्चालित छन् । यस कलेजमा पढेका विद्यार्थीले विश्वका उत्कृष्ट विश्वविद्यालयहरुमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । शैक्षिक ज्ञान र सीप मात्र नभई ‘असल मानव’ बन्नका लागि कलेजले प्रेरणदायी वातावरण मिलाएको छ ।

काठमाडौंको डिल्लीबजारमा अत्याधुनिक भौतिक पूर्वाधारसहित रहेको टाइम्स कलेजमा शैक्षिक स्रोत साधन, प्रयोगशाला, खेल मैदान जस्ता सम्पूर्ण सेवा सुविधा उपलब्ध छ ।

१४. सेन्ट मेरिज, जावलाखेल

‘पढ्नुको अर्थ जान्नु वा सिक्नु मात्र होइन, बरु आफूलाई सकारात्मक उर्जा र भावले परिपूर्ण पार्नु पनि हो ।’ सेन्ट मेरिजको मेरुदण्ड यही हो । कृतज्ञ भावले मान्छेलाई सकारात्मक बनाउँछ र हरेक कुराप्रति हेर्ने दृष्टिकोण फेरिदिन्छ भन्ने मर्मका साथ सोही अनुरुपको शैक्षिक कार्यक्रम संचालन गर्दै आएको छ, सेन्ट मेरिजले ।

ललितपुरको जावलाखेलमा रहेको सेन्ट मेरिजको मूल विशेषता भनेको यहाँ छात्राहरुले मात्र भर्ना पाउँछन् । १९७५ मा स्थापना भएको यो स्कुलमा कक्षा ११ र १२ अन्तर्गत यस संस्थामा विज्ञान, व्यवस्थापन र मानविकी संकायको अध्यापन हुँदै आएको छ । विद्यार्थीले पढाइलाई बोझका रूपमा नलिइ खुशीखुशी अध्ययन गरुन् भन्ने मान्यता बोकेको सेन्ट मेरिजले शिक्षक–विद्यार्थीको सम्बन्ध प्रेमपूर्ण बनाउने गरेको छ । पारिवारिक वातावरण, लगनशील शिक्षक र चुस्त प्रशासन भएको सेन्ट मेरिजमा अन्तक्र्रियात्मक प्रणाली अनुसार पढाइ हुन्छ ।

प्रतिस्पर्धामा विजेता मात्र होइन, असल विजेता बन्नुपर्छ भन्ने मान्यता रहेको छ सेन्ट मेरिजको । असल काम नै अनुशासनको शर्त मान्ने यो कलेज ‘म’ होइन ‘हामी’ भन्ने भावना विकास गर्ने एवम् कठोर परिश्रम गर्दै सकारात्मक सोच राख्न सिकाउने शैक्षिक संस्था हो ।

१५. नेपाल मेगा कलेज, बबरमहल

विद्यार्थीको चाहना, समाजको सपना र मुलुकको आवश्यकता पूरा गर्न निरन्तर लागि परिरहेको शैक्षिक संस्था हो, नेपाल मेगा कलेज । सन् २०११ देखि सञ्चालनमा आएको यो कलेजले छोटो समयमै आफूलाई अब्बल सावित गरी सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

हाल मेगा कलेजले प्लस टुदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन सञ्चालन गर्दै आएको छ । मेगा कलेजको प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा अध्ययन गर्न पाइन्छ भने स्नातकमा बीबीएस, बीएसडब्लु, बीसीए, बीबीएम तथा स्नातकोत्तर तहमा एमबीएस र एमए (आरडी) कार्यक्रमहरू सञ्चालनमा छन् ।

आम विद्यार्थी र अभिभावकको आँखामा परिसकेको नेपाल मेगा कलेज विद्यार्थीलाई सक्षम बनाउने दायित्व लिएर अगाडि बढी रहेको छ । यस कलेजले शैक्षिक क्षेत्रमा उदाहरणीय र अनुकरणीय कार्य गर्ने र गरिरहने लक्ष्य राखेर काम गरिरहेको छ । भौतिक पूर्वाधारले सम्पन्न नेपाल मेगा कलेजसँग अत्याधुनिक साइन्स ल्याब, मिटिङ हल, लाइब्रेरी, क्यान्टिन, यातायात लगायत सेवाहरू उपलब्ध छन् । यसै शैक्षिक संस्था अन्तर्गत नेपाल मेगा स्कुल पनि सञ्चालनमा छ । जसमा नर्सरीदेखि नै पठनपाठन सञ्चालन हुँदै आएको छ ।

१५. सैनिक आवासीय महाविद्यालय, भक्तपुर

साढे ४ दशकदेखि निरन्तर शैक्षिक सेवामा समर्पित संस्था हो, सैनिक आवासीय महाविद्यालय । भक्तपुरको सल्लाघारीमा नेपाली सेना कल्याणकारी कोषको संयोजकत्वमा विसं २०३५ सालमा यो कलेज खुलेको हो ।

अनुशासित कलेजको उपमा पाएको यो कलेजमा कक्षा ६ देखि स्नातकसम्मको अध्यापन हुने गर्दछ । २०६० सालदेखि व्यवस्थापन संकायमा अध्यापन थालेको यो कलेजले त्यसको ६ वर्षपछि निरन्तर मानविकी र विज्ञानको समेत पठनपाठन गर्दै आएको छ । सैनिक र सर्वसाधारणका छोराछोरीलाई सस्तो मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सैनिक महाविद्यालयले आफूलाई शैक्षिक संस्थाहरुको भीडभाडमा आफूलाई पटकपटक अब्बल सावित गरिसकेको छ ।

उत्कृष्ट अध्ययन शैली अपनाएको यो कलेजमा अत्याधुनिक भौतिक पूर्वाधार, पर्याप्त खेल मैदान, अनुभवी प्राध्यापक छन् । शैक्षिक क्षेत्रमा मात्र नभई यो कलेजले खेलकुदसहित क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

१६. नेपाल काष्ठमण्डप कलेज,कलंकी

दक्ष, अनुभवी शिक्षक समूह, रचनात्मक पठन विधि, पुग्दो शैक्षिक स्रोत नै खास आकर्षण हो, नेपाल काष्ठमण्डप कलेजको । कक्षा ११, १२ देखि स्नातकोत्तरसम्मका विभिन्न कार्यक्रम सञ्चालन हुने कलेज मूलत गुणस्तरिय शिक्षाको बलियो जग हो । यो कलेज काठमाडौंको कलंकीमा अवस्थित छ । यस कलेजले गुणस्तरिय शिक्षासँगै उत्कृष्ट नतिजा हासिल गर्दैै आएको छ ।

यहाँ कक्षा ११, १२ अन्तर्गत विज्ञान, व्यवस्थापन, कानुन, मानविकी संकाय सञ्चालित छ । विद्यार्थीले एसईईमा प्राप्त गरेको ग्रेडिङका आधारमा शतप्रतिशत छात्रवृत्तिका साथै कलेजले विभिन्न किसिमका अन्य छात्रवृत्तिको समेत व्यवस्था गरेको छ ।
अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँगको समन्यवमा पठन विधिलाई प्रभावकारी र विद्यार्थीलाई अब्बल बनाउन निरन्तर प्रयत्नशिल छ ।

१७. समृद्धि स्कुल, बनस्थली

२१औं शताब्दीमा बजारको माग अनुसारको जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित शैक्षिक संस्था हो, समृद्धि स्कुल । काठमाडौंको बनस्थलीमा २०७४ सालमा खुलेको समृद्धि स्कुल विद्यार्थीहरुको समृद्धि यात्रामा अहोरात्र खटिरहेको छ ।

गुणस्तरीय भौतिक पूर्वाधार र अनुभवी शिक्षक समूहको साथमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन गराउँदै आएको यस स्कुलले विद्यार्थीलाई कक्षा १ देखि नै लिडरसीप विकास, ग्रुप वर्क तथा प्रस्तुती जस्ता सिकाइका आधुनिक प्रक्रियालाई अँगाल्दै आएको छ । होटल व्यवस्थापन, पर्यटन र पर्वतारोहण, मार्केटिङ समृद्धिमा पढाई हुने प्रमुख विषय हुन् । विद्यार्थीलाई परीक्षा केन्द्रित भएर करिकुलमको सुगा रटाइ गराउने भन्दा पनि समृद्धिले विद्यार्थीमा सिकाइको भोक जगाएर अध्ययन गराउनु समृद्धिको विशेषता हो ।

भिजन नै बनाएर अघि बढिरहेको समृद्धि सिर्जनशीलताको कदर गर्दै वौद्धिक र व्यक्तिगत विकासका लागि विद्यार्थीलाई सधैं हौसला र प्रेरणा दिने गर्दछ । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सधैं सहयोगी बन्ने यो स्कुलले उचित छात्रवृत्तिको समेत व्यवस्था गर्दै आएको छ ।

१७. ख्वप कलेज अफ इन्जिनियरिङ, भक्तपुर

जेहेन्दार तथा न्युन आय भएका विद्यार्थीहरुको इन्जिनियर बन्ने सपना पूरा गर्दै आएको शैक्षिक संस्था हो, ख्वप कलेज अफ इन्जिनियरिङ । सन् २००८ देखि सांस्कृतिक शहर भक्तपुरमा स्थापना भएको यो कलेज शैक्षिक संस्थाको भिडमा सबैभन्दा सफल र चर्चित छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित यो कलेजमा सिभिल, कम्प्युटर र इलेक्ट्रिकल इन्जिनियरिङ विषयको अध्यापन हुने गर्दछ । कक्षा ११ र १२ मा विज्ञान र मानविकीमा पनि भर्ना लिने गरेको छ ।

सस्तो मूल्यमा इन्जिनियर बन्न चाहनेहरुका लागि उपयुक्त गन्तव्य बन्दै आएको यो कलेज प्रविधिको हिसाबमा पनि उच्चकोटीको शैक्षिक संस्था हो । साथमा सुविधा सम्पन्न अत्याधुनिक भवन, खुल्ला र पर्याप्त खेल मैदान, शान्त र स्वच्छ वातावरणले पनि अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रेरित गर्ने गरेको छ । पराम्परागत प्रविधि र सामग्रीको संरक्षण गर्दै आधुनिक युगमा समयसापेक्ष अध्यापन गराउन सफल यो कलेज विद्यार्थीहरुको लागि उचित गन्तव्य बन्नेमा दुईमत छैन ।

१७‍. आइएसटी कलेज, ज्ञानेश्वर

करिब दुई दशकदेखि आइएसटी कलेजले हस्पिटालिटी क्षेत्रका योग्य जनशक्ति तयार गर्दै आएको छ । यस क्रममा कलेजले टुरिजम र हस्पिटालिटी क्षेत्रमा नव आयाम सहित अन्तर्राष्ट्रियस्तरका कोर्षहरु पठनपाठन गराउँदै आएको छ । प्लस टु अध्ययनको लागि आइएसटी सेकेण्डरी स्कुल आइएसटी कलेजको व्यवस्थापन अन्तर्गत काठमाडौंको ज्ञानेश्वर वडा नं. ३० मा सञ्चालित छ ।

आईएसटीले विद्यार्थीलाई जिज्ञासु र जागरूक बनाउन विषय अनुसार प्रयोगात्मक अभ्यासलाई उच्च प्राथमिकतामा राखेको छ । एसईई पछि कक्षा ११ र १२ मा व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिजम म्यानेजमेन्ट, जनरल म्यानेजमेन्टका विषयहरू पढाई हुन्छ ।

काठमाडौं उपत्यका लगायत नेपालभरि सञ्चालित विभिन्न विद्यालयहरू मध्ये यो विद्यालयले फरक तरिकाबाट विद्यार्थीलाई अध्ययन अध्यापन गराउँदै आएको छ । कक्षा १२ को अन्तिम परीक्षा दिए लगत्तै विद्यार्थिहरुलाई व्यावसायिक एवं व्यावहारिक ज्ञान दिन होटल म्यानेजमेन्टका विद्यार्थिहरुलाई ४ तारे होटलमा ३ देखि ६ महिना ईर्न्टशीपमा पठाउँदै आइरहेको छ भने कम्प्युटर साइन्सका विद्यार्थीहरू आइटी सम्बन्धित काम गर्ने टेक कम्पनीहरूमा काम गर्ने गरी ४ देखि ६ महिनाको ईटनशीपमा पठाउने व्यवस्था विद्यालयले गरेको छ । प्लस टु लेभलमा नै ईन्टर्नशीपको व्यवस्था गर्ने नेपालको एक मात्र कलेज हो, आईएसटी ।

१८. ब्रिजवाटर इन्टरनेशनल कलेज, सिनामंगल

डेढ दशकको शैक्षिक यात्रा तय गरिसकेको ब्रिजवाटर इन्टरनेशनल कलेज जीवनोपयोगी शिक्षाका लागि उत्कृष्ट रोजाई हो । ब्रिजवाटर फाउन्डेशन अन्तर्गत रहेर विद्यालय तह, प्लस टु हुँदै स्नातकसम्म अध्ययन हुने यो कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन हुन्छ । कलेजले शैद्धान्तिकसँगै प्रयोगात्मक पठनपाठनमा जोड दिदै आएको छ । यसका लागि विभिन्न अभ्यास, स्थलगत भ्रमण, प्रोजेक्ट वर्क जस्ता विधि अपनाएको छ ।

यस कलेजको अर्को विशेषता भनेको विद्यार्थीको भविष्यप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु हो । कलेजले विद्यार्थीलाई दक्ष मात्र बनाउँदैन, उनीहरुको क्षमता र रुची अनुरुप रोजगारका लागि मार्गनिर्देशन पनि गर्छ ।

नेपाली शिक्षामा गौरवमय इतिहास बनाउने हेतुका साथ अगाडि बढिरहेको कलेजले आजको युग सुहाउँदो शिक्षण विधी अपनाउँदै आएको छ । देशकै सबैभन्दा व्यवहारिक, नविन र उत्पादनशिल शैक्षिक नेटवर्क बनाउने आधार तय गर्दै कलेजले कक्षाकोठादेखि पठन पद्धतीसम्ममा उन्नत अभ्यासहरु गरिरहेका छन् । साप्ताहिक रुपमा लिइने परीक्षाले विद्यार्थीलाई अध्ययनमा परिपक्कता ल्याउने मात्र नभइ कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षासहितको दैनिक, साप्ताहिक र मासिक योजना बनाउन समेत ब्रिजवाटरले अग्रसरता लिने गरेको छ ।

१९. एसओएस हर्मेन जिमेनियर स्कुल, भक्तपुर

असहाय र गरिब विद्यार्थीको उज्वल भविष्यका लागि मार्गनिर्देशक बन्दैछ, भक्तपुरको मध्यपुर थिमीमा अवस्थित एसओएस हर्मेन जिमेनियर स्कुल । सन् १९७३ मा स्थापना भएको एसओएस गैरनाफामुलक शैक्षिक संस्था हो ।

विद्यार्थीहरुले पहिलो पटक सन् १९९१ मा एसएलसी लेखेपछि एसओएसले सन् १९९८ मा विज्ञान विषयमा केन्द्रित रहेर कक्षा ११ र १२ को कक्षा सुरु गरेको थियो । कक्षा ११ मा अध्ययनका लागि आफ्नै २५ प्रतिशत विद्यार्थीलाई प्राथमिकता दिने यो विद्यालयमा हरेक वर्ष १५० नयाँ विद्यार्थीले उच्चमाविमा भर्ना लिने गरेका छन् । देशैभरका संस्थागत विद्यालयमा पहिलो भएर एसओएसले आफूलाई पटकपटक अब्बल सावित गरिसकेको छ ।

शान्त र मनोरम वातावरण भएको यो विद्यालयमा नसरीदेखि कक्षा १२ सम्म हजारबढी विद्यार्थी अध्ययरत छन् । अनुवभी शिक्षक समूह र परिपक्क व्यवस्थापन समूहले हाँकेको एसओएसका आधुनिक भौतिक पूर्वाधार, उपयुक्त शैक्षिक वातावरण, पर्याप्त खेल मैदान विशेषता हुन् ।

२०. नेपाल प्रहरी विद्यालय, साँगा

नेपाल प्रहरीमा खटिएका सकल दर्जाका सन्तानहरुलाई पढाउनका लागि विसं २०४० सालमा खोलिएको गैरनाफामूलक शैक्षिक संस्था हो, नेपाल प्रहरी विद्यालय ।

शिक्षासँगै दिक्षा दिने लक्ष्य राखेको यस विद्यालयले नेपाल प्रहरी कर्मचारीका ६० प्रतिशत र सर्वसाधारणका ४० प्रतिशत छोराछोरीलाई आवाशीय सुविधासहित न्यूनतम शुल्कमा पठनपाठन गराउँदै आएको छ । कक्षा ४, ९ र ११ मा मात्रै भर्ना पाइने प्रहरी विद्यालयमा अनुशासनको उच्चतम नमुना देख्न पाइन्छ । कक्षा ११ मा व्यवस्थापन र विज्ञान विषयमा अध्यापन हुँदै आएको छ भने स्नातकमा कम्प्युटर इन्जिनियरिङ विषय अध्यापन हुन्छ ।

पूर्वाधारमा सम्पन्न, स्मार्टबोर्डमा पठनपाठन, हरेक कक्षामा प्रोजेक्टर सिकाइ, शुद्ध खानेपानीको व्यवस्था, योग्य, दक्ष र दिग्गज शिक्षक समूह रहेको यस विद्यालय शतप्रतिशत नतिजा दिन सफल छ । साँगामा केन्द्रीय विद्यालय रहेको नेपाल प्रहरी स्कुलका विभिन्न ठाउँमा ७ वटा अन्य विद्यालय पनि सञ्चालनमा छन् ।

उत्कृष्ट प्लस टु प्रदायक शैक्षिक संस्थाको अन्य सूचीमा

मेरिल्यान्ड बिराटनगर, शिक्षादिप विराटनगर, काठमाडौं वर्ल्ड स्कुल गुन्डु, एम्बिसन एकेडेमी वानेश्वर, गोल्डेन गेट इन्टरनेसनल पुरानो वानेश्वर, एस मावि नयाँ वानेश्वर, मुनलाईट बोर्डिङ स्कुल ललितपुर, सिद्धार्थ अंग्रेजी मावि बनेपा, ग्लोबल कलेज अफ म्यानेजमेन्ट मध्य बानेश्वर, ग्लोबल स्कुल अफ साइन्स मध्यबानेश्वर, सगरमाथा मल्टिपल कलेज डिल्लीबजार, साउथवेष्टर्न इन्टरनेसनल, धापासी, ओमेगा इन्टरनेसनल, कुमारीपाटी, टेक्सास इन्टरनेसनल कलेज, चावहिल, गोर्खा इन्टरनेसनल पब्लिक मावि घोराही, एभरेष्ट कलेज थापाथली, डिएभी सुशिल केडिया विश्व भारती जावलाखेल, प्राइम कलेज नयाँ बजार, अर्किड कलेज चितवन, न्यु होराइजन मावि बुटवल, प्राइम कलेज नयाँ बजार, अर्किड कलेज चितवनलगायत छन् ।

Logo