युनिग्लोबमा अब कानुनको पढाई

युनिग्लोबमा अब कानुनको पढाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ११ मा ऐच्छिक कानुन विषयको पठनपाठन सुरु गर्ने भएको छ । विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रममार्फत विद्यालयले यस्तो घोषणा गरेको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा. करण सिंह ठगुन्नाले देशको आवश्यकता र युवाहरूको रुचिलाई ध्यानमा राखी कानुन विषयको अध्यापन सुरु गर्न लागिएको जानकारी दिए  । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालय कानुन केन्द्रीय विभागका विभागीय प्रमुख
प्रा.डा. लक्ष्मीप्रसाद मैनालीले देशमा कानुन सम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको हुँदा कानुन विषयको पठनपाठनको ठूलो आवश्यकता रहेको बताए ।

Logo