रचनात्मक शिक्षण शैली र उत्कृष्ट नतिजाकाे पर्याय, लिटल एन्जल्स स्कुल [भिडियाे]

रचनात्मक शिक्षण शैली र उत्कृष्ट नतिजाकाे पर्याय, लिटल एन्जल्स स्कुल [भिडियाे]

केन्द्रबिन्दु
154
Shares

शैक्षिक उन्न्यनमा अविछिन्न समर्पित नाम हो, लिटल एन्जल्स स्कुल । ललितपुरको हात्तिवनमा अवस्थित यो स्कुल सन् १९८१ मा स्थापना भएको हो ।

निजी शैक्षिक संस्थाको हकमा यति लामो दौड तय गर्नु सामान्य होइन । चार दशक बढी अवधि उही रफ्तारमा, उही लयमा उत्कृष्टताका साथ अगाडि बढिरहेको लिटल एन्जल्सले गौरवशाली इतिहास रचेको छ । स्थापनाकालदेखि नै सतप्रतिशत नतिजा दिन सफल यस स्कुलको शैक्षिक योगदानलाई कम आँक्न सकिदैन ।

चार दशक बढी अवधि उही रफ्तारमा, उही लयमा उत्कृष्टताका साथ अगाडि बढिरहेको लिटल एन्जल्सले गौरवशाली इतिहास रचेको छ ।

समय अनुसार आफ्नो संरचना, शैक्षिक कार्यक्रम, पठन–पद्धती परिमार्जन र परिस्कृत गर्दै यस स्कुलले आजको विश्वमा प्रतिस्पर्धी जनशक्ति तयार गरिरहेको छ । अहिलेका पुस्तालाई प्रविधिमैत्री बनाउँदै पारिवारिक एवं सामाजिक संस्कारले युक्त पनि बनाउनुपर्छ भन्ने ध्येयले सोही अनुरुप शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

दिगो अनि चुस्त व्यवस्थापिकय समूह, सहज अनि रचनात्मक शिक्षक, वैज्ञानिक अनि जीवनोपयोगी सिकाई, स्रोत सम्पन्न कक्षाकोठा, विद्यार्थीमैत्री संरचना, गतिशिल अतिरिक्त क्रियाकलाप यस स्कुलको खास आकर्षण हुन् । ‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने कुरालाई लिटल एन्जल्सले विशेष ध्यान दिँदै आएको छ । कलेजले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पठनपाठन गराउँछ । विज्ञान संकायमा तनीन सय ५० र व्यवस्थापन संकायमा २ सय ५० विद्यार्थी भर्ना लिने गरेको छ । त्यससँगै क्याम्ब्रिज विश्वविद्यालयको वैश्विक कोर्स ए लेभल पनि यहाँ उपलब्ध छ ।

‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने कुरालाई लिटल एन्जल्सले विशेष ध्यान दिँदै आएको छ ।

विद्यार्थीको शैक्षिक प्रगतिका साथै शारीरिक, मानसिक विकासलाई समेत जोड दिँदै लिटल एन्जल्समा समयअनुसारको सम्पूर्ण सेवा सुविधा उपलब्ध छ । यो कलेजले विषय विज्ञबाहेक शतप्रतिशत पूर्णकालिन शिक्षक-शिक्षिकाबाट अध्यापन गराउँदै आएको छ । विद्यार्थीको शैक्षिक प्रगतिका साथै शारीरिक, मानसिक विकासलाई समेत जोड दिँदै लिटल एन्जल्समा समयअनुसारको सम्पूर्ण सेवा सुविधा उपलब्ध छ । यस स्कुल २२ वर्षदेखि आफूलाई निरन्तर उत्कृष्ट १० कलेजभित्र राख्न सफल भएको छ ।

Logo