‘दाेस्राे केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड’बाट बाल मन्दिर विद्यालय सम्मानित

‘दाेस्राे केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड’बाट बाल मन्दिर विद्यालय सम्मानित

केन्द्रबिन्दु
5.9k
Shares

काठमाडौं । कास्कीको बाल मन्दिर माध्यमिक विद्यालय ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले मंगलबार आयोजना गरेको दोस्रो संस्करणको अवार्ड कार्यक्रमबाट सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा पस्किन सफल बालमन्दिर विद्यालयलाई प्रमाणपत्रसहित सम्मान गरेको हो ।

विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा ल्याएको उत्कृष्ट अंकको आधारमा प्रधान गरिएको यो सम्मानबाट अझ विद्यालयलाई प्रेरणा मिल्ने उद्देश्यले सम्मान गरिएको केन्द्रबिन्दु टिमले जानकारी दिएको छ । शैक्षिक क्षेत्रमा फड्को मार्दै अगाडि बढी रहेको यस सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षालाई विशेष प्राथमिकता दिएको छ ।

शैक्षिक क्षेत्रमा बढ्दो निजीकरणलाई चुनौती दिँदै यस माविले सामुदायिक विद्यालयको पनि शैक्षिक स्तर उत्कृष्ट हुनसक्छ भन्ने प्रमाणित गरेको छ ।

Logo