बीपी कोइराला मावि, दाङ केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट सम्मानित

बीपी कोइराला मावि, दाङ केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट सम्मानित

केन्द्रबिन्दु
3.2k
Shares

काठमाडौं । दाङ जिल्लाको श्री बीपी कोइराला माध्यमिक विद्यालय ‘दोस्रो केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रमबाट उक्त सामुदायिक विद्यालयलाई सम्मान गरेको हो ।

सामुदायिक विद्यालयको रूपमा शैक्षिक गुणस्तर सुधार गर्न यस विद्यालयले गरेको योगदान कदर गर्दै सम्मान गरेको केन्द्रबिन्दु टिमले बताएको छ । शैक्षिक क्षेत्रमा बढ्दो निजीकरणलाई चुनौती दिँदै यस माविले सामुदायिक विद्यालयको पनि शैक्षिक स्तर उत्कृष्ट हुनसक्छ भन्ने प्रमाणित गरेको छ ।

विद्यार्थी क्षमता विकास र गुणस्तर शिक्षाको लागि दृढ रहेको यस विद्यालय दाङको नम्बर वान शैक्षिक संस्था रूपमा विकास हुँदैछ । सयौं संख्यामा विद्यार्थी रहेको श्री बीपी कोइराला मावि शैक्षिक रूपान्तरणको एउटा केन्द्र बन्दै गएको छ ।

Logo