भीएस निकेतनलाई ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड’

भीएस निकेतनलाई ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड’

केन्द्रबिन्दु
4.8k
Shares

काठमाडौंको मीनभवनमा अवस्थित भीएस निकेतन सेकेण्डरी स्कुलले ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच काठमाडौं उपत्यकामा ४ दशक लामोसमयदेखि निरन्तर गुणस्तरीय शिक्षामा खटिएको भीएस निकेतनले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड’ प्रदान गरिएको हो ।

मीनभवनमा सन् १९८१ मा खुलेको भिएस निकेतन काठमाडौं उपत्यकामा खुलेका निजी शैक्षिक संस्थाका बीच पुरानोमध्येको एक हो । पोखरा युनिभर्सिटिबाट सम्बन्धन प्राप्त भीएसमा विद्यालयतहदेखि स्नातकसम्म अध्ययन अध्यापन हुँदै आएको छ । भिएस निकेतनमा प्लस टु तर्फविज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ । सैद्धान्तिकसँगै व्यवहारिक शिक्षालाई समेत जोड दिँदै आएको यो शिक्षण संस्थामा विद्यार्थीले नतिजामुखी परिणाम ल्याउने कार्यलाई निरन्तरता दिएका छन् ।

Logo