समृद्धि स्कुलले पायो ‘बेष्ट एजुकेसन लिडरसिप अवार्ड’

समृद्धि स्कुलले पायो ‘बेष्ट एजुकेसन लिडरसिप अवार्ड’

केन्द्रबिन्दु
1.3k
Shares

काठमाडौंको बनस्थलीमा रहेको समृद्धि स्कुलले ‘बेष्ट एजुकेसन लिडरसिप अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच विद्यार्थीहरुको समृद्धि यात्राको सहयोगी बन्दै आएको समृद्धि स्कुललाई ‘बेष्ट एजुकेसन लिडरसिप अवार्ड’ प्रदान गरिएको हो ।

विद्यार्थीलाई परीक्षा केन्द्रित भएर करिकुलमको सुगा रटाइ गराउने भन्दा पनि विद्यार्थीमा सिकाइको भोक जगाएर अध्ययन गराउनु समृद्धिको विशेषता हो । यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार र अनुभवी शिक्षक समूहको साथमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । भिजन नै बनाएर अघि बढिरहेको समृद्धि सिर्जनशीलताको कदर गर्दै वौद्धिक र व्यक्तिगत विकासका लागि विद्यार्थीलाई सधैं हौसला र प्रेरणा दिने गर्दछ ।

स्थापनाकालको छोटोसयममै समृद्धि स्कुलले शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दु डटकमले ‘बेष्ट एजुकेसन लिडरसिप अवार्ड’ प्रदान गरेको हो ।

Logo