नेपाल काष्ठमण्डप कलेजलाई ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड’

नेपाल काष्ठमण्डप कलेजलाई ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड’

केन्द्रबिन्दु
7.9k
Shares

काठमाडौंको कलंकीमा अवस्थित नेपाल काष्ठमण्डप कलेजले ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षासँगै उत्कृष्ट नतिजा हासिल गर्दैै आएको नेपाल काष्ठमण्डप कलेजलाई ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड’ प्रदान गरिएको हो ।

कक्षा ११, १२ देखि स्नातकोत्तरसम्मका विभिन्न कार्यक्रम सञ्चालन हुने यो कलेज मूलतः गुणस्तरीय शिक्षाको बलियो जग हो । कक्षा ११, १२ देखि स्नातकोत्तरसम्मका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको यस कलेज अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँगको समन्यवमा पठन विधिलाई प्रभावकारी र विद्यार्थीलाई अब्बल बनाउन निरन्तर प्रयत्नशिल छ । पढाईपछि रोजगार र उद्यमशिलताका लागि सहजीकरण गरिरहेको छ । र, दक्ष एवं अनुभवी, प्रतिष्ठित शिक्षक समूह, बैंकर, उद्यमीहरुको संयुक्त जगमा यो कलेजले आफूलाई उभ्याएको छ ।

काष्ठमण्डपले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दु डटकमले उक्त अवार्ड प्रदान गरेको हो ।

Logo