द टाइम्स इन्टरनेशनल कलेजलाई ‘बेष्ट एकेडेमिक अवार्ड’

द टाइम्स इन्टरनेशनल कलेजलाई ‘बेष्ट एकेडेमिक अवार्ड’

केन्द्रबिन्दु
3.5k
Shares

काठमाडौंको डिल्लीबजारमा रहेको द टाइम्स इन्टरनेशनल कलेजलाई ‘बेष्ट एकेडेमिक अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच विश्व रोजगार बजारले खपत गर्ने प्रतिस्पर्थी जनशक्ति तयार गर्ने प्रतिबद्धताका साथ दुई दशक बढी यात्रा तय गरिसकेको द टाइम्स इन्टरनेशनल कलेजलाई ‘बेष्ट एकेडेमिक अवार्ड’ प्रदान गरिएको हो ।

द टाइम्समा कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पठनपाठन हुन्छ । यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय सञ्चालित छन् । यस कलेजमा पढेका विद्यार्थीले विश्वका उत्कृष्ट विश्वविद्यालयहरुमा छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । विद्यार्थीले शिक्षा आर्जन गरेर मात्र पुग्दैन, सामाजिक मूल्य मान्यताले सुशोभित पनि हुनुपर्छ भन्ने कुरालाई कलेजले जोड दिएको छ ।

Logo