मोर्गन इन्टरनेशनल कलेजलाई ‘बेष्ट एजुकेसन आउटरिच अवार्ड’

मोर्गन इन्टरनेशनल कलेजलाई ‘बेष्ट एजुकेसन आउटरिच अवार्ड’

केन्द्रबिन्दु
7.1k
Shares

काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेशनल कलेजले ‘बेष्ट एजुकेसन आउटरिच अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच विद्यार्थीको सपना साकार पार्ने प्रतिबद्धताका साथ गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक परिणाम हासिल गर्दै आएको मोर्गनलाई ‘बेष्ट एजुकेसन आउटरिच अवार्ड, २०८१’ प्रदान गरिएको हो ।

शैक्षिक उत्कृष्टताका लागि अग्रणी कलेज बन्न सफल मोर्गन कलेजले बौद्धिक, सामाजिक र व्यक्तिगत रूपान्तरणका लागि गुणात्मक शिक्षा प्रदान गर्दै आएको छ । यसले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकाय अन्तर्गतका विषयहरूको पठनपाठन धमाधम सञ्चालन हुँदै आएको छ । विद्यार्थीको अब्बल भविष्यको जग प्लस टु शिक्षा पनि हो भन्ने ठान्दै शैक्षिक मैत्री वातावरण सिर्जन गर्नमा यस कलेजले कुनै कसुर बाँकी राखेको छैन ।

प्लस टु शिक्षाका लागि उत्कृष्ट गन्तव्यको पृथक पहिचान बनाएको यस कलेजमा अध्ययनरत विद्यार्थीको परीक्षामा उत्तीर्णता पनि शतप्रतिशत छ ।

Logo