टेक्सास इन्टरनेशनल कलेजलाई ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’

टेक्सास इन्टरनेशनल कलेजलाई ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’

केन्द्रबिन्दु
4k
Shares

काठमाडौंको मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेशनल कलेजले ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड, २०८१’लाई प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सैद्धान्तिक पढाइलाई भन्दा पनि विद्यार्थीको क्षमता विकासलाई जोड दिँदै आएको टेक्सासलाई उक्त अवार्ड प्रदान गरेको हो ।

टेक्सासमा प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय अन्तर्गतका विषयहरूलाई समेटेर अध्यापन हुँदै आएको छ । यस कलेजले विद्यार्थीलाई प्रमाणपत्रमा मात्र सीमित नगरेर व्यवहारिक शिक्षासमेत प्रदान गर्दै आएको छ । गुणस्तरीय र व्यवसायिक शिक्षा दिने उद्देश्यले सन् २०१० देखि सञ्चालनमा आएको टेक्सासको शैक्षिक यात्राको छलाङ लोभलाग्दो छ ।

समयसापेक्ष अध्ययन गराएर विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त कोर्षमासमेत यो कलेजले जोड दिएको छ ।

Logo