प्रसादी एकेडेमीलाई ‘हिस्टोरिकल लिगेसी अचिभर्स अवार्ड, २०८१’

प्रसादी एकेडेमीलाई ‘हिस्टोरिकल लिगेसी अचिभर्स अवार्ड, २०८१’

केन्द्रबिन्दु
7.1k
Shares

ललितपुरमा रहेको प्रसादी एकेडेमीले ‘हिस्टोरिकल लिगेसी अचिभर्स अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच प्लस टूको शिक्षामा आफूलाई सधैं शीर्ष स्थानमा राख्न सफल भएको प्रसादी एकेडेमीलाई ‘हिस्टोरिकल लिगेसी अचिभर्स अवार्ड, २०८१’ प्रदान गरिएको हो । प्रसादीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुमध्ये सर्वोत्कृष्ट घोषित भई पाँच पटकसम्म राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल एकमात्र शैक्षिक संस्था हो, प्रसादी एकेडेमी । पृथक र अब्बल अध्यापन शैली भएको यो कलेजका पाठ्यक्रम जीवन उपयोगीका साथसाथै अन्तर्राष्ट्रिय स्तरका छन् । सन् १९९७ मा खुलेको प्रसादी एकेडेमीले उच्च शैक्षिक मापदण्ड कार्यान्वयनमा ल्याएकैले शतप्रतिशत नतिजा दिन सफल छ ।

पढेका कुरा व्यवहारिक जीवन र सुदूर भविष्यका लागि पनि उत्तिकै उपयोगी हुनुपर्छ भन्ने मान्यताका साथ प्रसादीले पढाईका प्रभावकारी विधिहरु पहिल्याउने गर्छ । यसका लागि प्रसादीसँग सुयोग्य शिक्षक समूह र उत्तरदायी व्यवस्थापकिय समूह सधैं गतिशिल छन् ।

Logo