ट्रिनिटी इन्टरनेसनल कलेजले पायो पोपुलर च्वाइस अवार्ड

ट्रिनिटी इन्टरनेसनल कलेजले पायो पोपुलर च्वाइस अवार्ड

केन्द्रबिन्दु
4.1k
Shares

काठमाडौंको डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेसनल कलेजले ‘पोपुलर च्वाइस अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच शैक्षिक उत्कृष्टताका लागि अग्रणी कलेज बन्न सफल ट्रिनिटीलाई पोपुलर च्वाइस अवार्ड प्रदान गरिएको हो ।

प्लस टु र ए लेभलका लागि नेपालभर चर्चित रहेको यस कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

शैक्षिक उत्कृष्टताका लागि अग्रणी कलेज बन्न सफल ट्रिनिटीले विद्यार्थीहरूको बौद्धिक, सामाजिक र व्यक्तिगत रूपान्तरणका लागि गुणात्मक शिक्षा प्रदान गर्दै आएको छ। कक्षा ११ र १२ मा अविछिन्न उत्कृष्ट नतिजा दिँदै आएको ट्रिनिटीको अर्को आकर्षण ए लेभल पनि हो । वैश्विक मान्यताको यो कार्स गर्नका लागि थुप्रै विद्यार्थीले ट्रिनिटीलाई रोज्ने गर्छ । ट्रिनिटीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पठनपाठन गराउँदै आएको छ । त्यसो त यहाँ स्नातकसम्मका विभिन्न कार्यक्रम सञ्चालनमा छन् । ट्रिनिटीले विद्यार्थीलाई युग सुहाउँदो पाठ्यक्रमसँगै एक सय ५० भन्दा बढी अतिरिक्त गतिविधिमा संलग्न गराउँछ ।

Logo