लिटल एन्जल्सलाई ‘बेष्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड’

लिटल एन्जल्सलाई ‘बेष्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड’

केन्द्रबिन्दु
9k
Shares

ललितपुरको हात्तिवनमा रहेको लिटल एन्जल्स सेकेण्डरी स्कुलले ‘बेष्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच स्थापनाकालदेखि नै सतप्रतिशत शैक्षिक नतिजा दिन सफल लिटल एन्जल्सलाई ‘बेष्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो ।

सन् १९८१ मा स्थापना भएको यो स्कुलले चार दशक बढी अवधिदेखि उही रफ्तारमा, उही लयमा उत्कृष्टताका साथ अगाडि बढ्दै गौरवशाली इतिहास रचेको छ । ‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने कुरालाई विशेष ध्यान दिँदै आएको लिटल एन्जल्सले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पठनपाठन गराउँछ । त्यससँगै क्याम्ब्रिज विश्वविद्यालयको वैश्विक कोर्स ए लेभल पनि यहाँ उपलब्ध छ ।

वैज्ञानिक अनि जीवनोपयोगी सिकाईलाई मूल सर्त बनाएको लिटल एन्जल्सले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै सम्मानित गरिएको हो ।

Logo