‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड, २०८१’बाट देशका उत्कृष्ट ४५ सामुदायिक तथा निजी विद्यालय सम्मानित

‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड, २०८१’बाट देशका उत्कृष्ट ४५ सामुदायिक तथा निजी विद्यालय सम्मानित

केन्द्रबिन्दु
2.4k
Shares

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको दोस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ सम्पन्न भएको छ । मंगलबार कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको उक्त कार्यक्रम शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक विद्यालयहरूलाई सम्मानित गर्दै सम्पन्न भएको हो ।

राष्ट्रिय सभा, नेपालका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रमबाट राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहर्याएका देशभरका १४ सामुदायिक विद्यालय र शैक्षिक परिणाममा उत्कृष्ट रहेका ३१ निजी तथा आवासीय विद्यालयहरूलाई सम्मान भएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष दाहालले शिक्षाको गुणस्तर नीतिगत रूपमै सुधार्न आवश्यक रहेको बताए । ‘विद्यार्थीको हातमा सर्टिफिकेटसँगै ज्ञान र सीप चाहिन्छ, नेपालमा शिक्षाको विकास क्रमलाई सन्तोषजनक मान्न सकिन्छ, तर अझै पनि शिक्षाको गुणस्तर भने चिन्ता मान्नु पर्ने अवस्थामा रहेको छ,’ उनले भने । दाहालले अझै साक्षरता दर शतप्रतिशत पुगि नसेको पनि जानकारी दिए । शिक्षाको गुणस्तर वृद्धिमा सबै क्षेत्र लाग्नु पर्ने उनको तर्क छ ।

शैक्षिक क्षेत्रमा एक प्रतिष्ठित अवार्डको रूपमा परिचित केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित संघ संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो ।
यस्तै, सांसद योगेश भट्टराईलगायतका राजनैतिक दलका नेताहरूको पनि कार्यक्रममा उपस्थिति थियो ।

कार्यक्रममा ‘शिक्षा क्षेत्रका प्रोज्ज्वल नक्षत्र २०८१’ बाट लामो समयदेखि अनवरत रुपमा शैक्षिक क्षेत्रमा योगदान पुर्याएकी चाँदनी जोशी सम्मानित भइन् । १९ वर्षको उमेरमा काठमाडौंको पद्मकन्या क्याम्पसमा अंग्रेजी साहित्यमा अध्यापन गराउँदै अंग्रेजी विभाग प्रमुख बनेर उनले शिक्षा क्षेत्रमा दिएको योगदान अत्यन्तै अतुलनीय छ ।

यसैगरी नेपालको शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरिरहेका ५ जना विशिष्ट शिक्षकलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान–२०८१’ बाट सम्मान भएका छन् । उक्त सम्मानबाट सावित्री टण्डन, सूर्य कार्की, प्रा.डा. श्रीराम भगत माथे र सुप्रभात भण्डारी सम्मानित भएका छन् ।

सो कार्यक्रममा विभिन्न स्कुल/कलेजका विद्यार्थीहरू सहित करिव १५ सय जनाको सहभागी रहेको थियो । कार्यक्रममा ‘करियर काउन्सिलिङ’ सेसन पनि राखिएको थियो । खेमराज लकाई, रञ्जित आचार्य, मनोज ज्ञवाली, अमित अग्रवाल र निशा अधिकारीले सो सेसनबाट आफ्नो अनुभवका साथै अहिलेका विषयहरूलाई समेटेर प्रस्तुति दिएका थिए । कार्यक्रममा कुटुम्ब ब्याण्डसहित संस्कृति स्कुलका विद्यार्थीको विशेष सांगितीक प्रस्तुती रहेको थियाे ।

कुन विद्यालयले के पाए अवार्ड ?

निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूले शिक्षा क्षेत्रमा गरेको योगदान, प्लस टुको एनईबीबाट विद्यार्थीले ल्याएको उत्कृष्ट नतिजा आदि विषयलाई मूल्यांकन गर्दै केन्द्रबिन्दुले वर्षेनी सफल विद्यालयलाई सम्मान गर्दै आएको छ । शैक्षिक क्षेत्रमा आफूलाई स्थापित गरी आफ्नो पहिचान बनाएका उत्कृष्ट ३१ वटा निजी तथा आवासीय विद्यालयहरू केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट सम्मानित भएका हुन् । नेपालको समग्र शिक्षा क्षेत्र उकास्न निजी क्षेत्रको पनि महत्त्वपूर्ण योगदान छ भन्ने ठहर गर्दै उक्त विद्यालयलाई केन्द्रबिन्दुले सम्मान गरेको हो ।

१. प्रसादी एकेडेमीलाई ‘हिस्टोरिकल लिगेसी अचिभर्स अवार्ड, २०८१’
२. केएमसी, बागबजारलाई कमिन्टमेन्ट टु क्वालिटी एजुकेसन अवार्ड
३. ट्रिनिटी इन्टरनेसनल कलेजले पायो पोपुलर च्वाइस अवार्ड
४. एनसीसीएसलाई मस्ट कन्सिसटेन्ट एकेडेमी अवार्ड
५. पिनाकल एकेडेमीले पायो बेष्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड
६. काठमाडौं बनहार्ट कलेजलाई बेष्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड
७. गोल्डेनगेट इन्टरनेसनल सेकेन्डरी स्कुललाई बेष्ट लर्निङ सेन्टर अवार्ड
८. जेभियर इन्टरनेशनललाई बेष्ट प्लस टु ओभरल पर्फर्मेन्स अवार्ड
९. आइएसटीलाई बेष्ट इन्टर्नसिप प्लेसमेन्ट अवार्ड
१०. सेन्ट लरेन्स कलेजलाई प्रेस्टिजियस प्लस टु अवार्ड
११. नेशलन स्कुल अफ साइन्सेसलाई ‘लिगेसी अफ सक्सेस अवार्ड’
१२. अरनिको आवासिय माविलाई ‘प्रेष्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड’
१३. जेभियर एकेडेमीले पायो ‘लिगेसी अफ सक्सेस अवार्ड’
१४. किस्ट कलेजलाई ‘बेष्ट इनोभेटिभ टिचिङ प्राक्टिस अवार्ड’
१५.भीएस निकेतनलाई ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड’
१६. लिटल एन्जल्सलाई ‘बेष्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड’
१७. केएमसी बालकुमारीलाई ‘कमिन्टमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड’
१८. रिलायन्स इन्टरनेशल एकेडेमीले पायो ‘आउट स्ट्याण्डिङ प्राक्टिस अवार्ड’
१९. समृद्धि स्कुलले पायो ‘बेष्ट एजुकेसन लिडरसिप अवार्ड’
२०. ब्रिजवाटर इन्टरनेशनल कलेजले पायो ‘एक्सिलेन्स इन म्यानेजमेन्ट एजुकेसन अवार्ड’
२१. नेपाल काष्ठमण्डप कलेजलाई ‘बेष्ट एकेडेमिक इन्भाइरन्टमेन्ट अवार्ड’
२२. द टाइम्स इन्टरनेशनल कलेजलाई ‘बेष्ट एकेडेमिक अवार्ड’
२३. लिभरपुल इन्टरनेसनल कलेजलाई ‘एक्सिलेन्स इन एजुकेसन इनोभेसन अवार्ड’
२४. ट्रिटन इन्टरनेशनल स्कुल एण्ड कलेजलाई ‘आउट स्ट्याण्डिङ पर्फर्मेन्स अवार्ड’
२५. मोर्गन इन्टरनेशनल कलेजलाई ‘बेष्ट एजुकेसन आउटरिच अवार्ड’
२६. मदरल्यान्ड सेकेन्डरी स्कुललाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’
२७. युनिग्लोबलाई ‘बेष्ट स्टुडेण्ट इंगेजमेन्ट अवार्ड’
२८. टेक्सास इन्टरनेशनल कलेजलाई ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’
२९.सिसिआरसीलाई ‘बेष्ट साइन्स कलेज अवार्ड’
३०. मोर्डन स्कुल एण्ड कलेजलाई ‘इनोभेसन इन लर्निङ अवार्ड’
३१. नेपाल मेगा कलेजलाई ‘बेष्ट एजुकेसन आउटरिच अवार्ड’

यी हुन् सम्मानित १४ सामुदायिक विद्यालय

नेपाल सरकारले सामुदायिक विद्यालयमा गरेको लगानी बढ्दो छ । देशका विभिन्न विद्यालय मध्ये केही विद्यालय यस्ता छन्, जसको पठनपाठनको कार्य नै नमुना छ । परिणाम स्वरुप उक्त विद्यालयहरू उत्कृष्ट मात्र हैन अब्बल पनि छन् । उक्त सामुदायिक विद्यालय अध्ययनरत विद्यार्थीले एनईबीमा ल्याएको उत्कृष्ट नतिजा, पठनपाठनमा तरिका आदि सबै विषयलाई निहालेर १४ वटा सामुदायिक विद्यालयलाई केन्द्रबिन्दुले सम्मान गरेको छ । सम्मान पाउने सामुदायिक विद्यालय निम्न रहेका छन् ।

१.श्री पोखरिया मावि, विराटनगर
२.श्री मोहनमाया मावि, बिर्तामोड
३.श्री शंकरगुद्धार माध्यमिक विद्यालय, रौतहट
४.श्री मावि, रौतहट
५.श्रीविश्व निकेतन मावि, काठमाडौं
६.श्री बज्रबाराही मावि, ललितपुर
७.श्री अमरसिंह माध्यमिक विद्यालय, कास्की
८.श्रीबालमन्दिर विद्यालय, कास्की
९.श्री बीपी कोइराला मावि, दाङ
१०.श्री कालिका मानवज्ञान मावि, रुपन्देही
११.श्री त्रिभुवन जनता मावि, सल्यान
१२.श्री जनता माध्यमिक विद्यालय सल्यान
१३. श्रीसेटीगाउँ मावि, बैतडी
१४. श्री लटिनाथ मावि, दार्चुला

Logo