ललितपुरको बज्रबाराही मावि सम्मानित

ललितपुरको बज्रबाराही मावि सम्मानित

केन्द्रबिन्दु
14.3k
Shares

काठमाडौं । ललितपुरको बज्रबाराही माध्यमिक विद्यालय ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजन गरेको दोस्रो संस्करणको उक्त अवार्ड कार्यक्रमबाट बज्रबाराही मावि सम्मानित भएको हो ।

उपत्यकाभित्रको उत्कृष्ट सामुदायिक विद्यालयभित्र पर्ने बज्रबाराही माविमा अध्ययनरत विद्यार्थीको राष्ट्रिय परीक्षा बोर्डमा ल्याएको उत्कृष्ट नतिजाको आधारमा सम्मान गरेको आयोजक टिमले जानकारी दिएको छ । अन्य सामुदायिक विद्यालयलाई पछि पार्दै अब्बल शैक्षिक संस्थाको दर्जा कायम गर्न सफल बज्रबाराहीमा विद्यार्थीको चाप पनि पढ्दो पाइन्छ ।

कुशल, व्यवस्थापक, विषयमा पोख्त शिक्षक, भव्य भौतिक संरचना भएको यस विद्यालय प्रतिको बढ्दो क्रेजलाई मध्यनजर गर्दै विद्यालयले गुणस्तर र प्रयोगात्मक शिक्षालाई जोड दिएको छ । विद्यार्थीको शैक्षिक जगलाई मजबुद बनाउनेको लागि परेको बज्रबाराही शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापलाई पनि विशेष महत्व दिँदै आएको छ ।

Logo