रौतहटको शंकरगुद्धार मावि केन्द्रबिन्दु अवार्डबाट सम्मानित

रौतहटको शंकरगुद्धार मावि केन्द्रबिन्दु अवार्डबाट सम्मानित

केन्द्रबिन्दु
2k
Shares

काठमाडौं । रौतहटको श्री शंकरगुद्धार माध्यमिक विद्यालय ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट सम्मानित भएको छ । मंगलबार केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको दोस्रो संस्करणको कार्यक्रममा शैक्षिक नतिजामा उत्कृष्ट ठहर गरी उक्त सामुदायिक विद्यालयलाई सम्मान गरिएको हो ।

सामुदायिक विद्यालयप्रतिको बढ्दो आकर्षणसँगै शंकरगुद्धारले सोही अनुसारको शैक्षिक कार्यक्रमलाई प्राथमिकता दिँदै अगाडि बढेको छ । गुणस्तर शिक्षा र प्रयोगात्मक शिक्षालाई जोड दिएका कारण नै यो विद्यालय धेरै विद्यार्थीको रोजाइमा पर्छ । शंकरगुद्धारमा अन्य जिल्लाका विद्यार्थीहरू पनि बढ्न आई पुग्ने गरेको बताइएको छ ।

Logo