विश्व निकेतन मावि केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट सम्मानित

विश्व निकेतन मावि केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट सम्मानित

केन्द्रबिन्दु
3.6k
Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित श्री विश्व निकेतन माध्यमिक विद्यालय ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले मंगलबार आयोजना गरेको दोस्रो संस्करणको उक्त कार्यक्रममा विश्व निकेतन सम्मानित गरेको हो ।

विश्व निकेतनलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदान साथै सो विद्यालयमा अध्ययनरत विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ल्याएको उत्कृष्ट अंकको आधारमा केन्द्रबिन्दुले सम्मान गरेको आयोजक टिमले बताएको छ । विश्व निकेतन मावि सामुदायिक विद्यालयकै उत्कृष्ट विद्यालयका रूपमा चिनिन्छ ।

सामुदायिक विद्यालयकाे भिडभाडमा प्लस टुतर्फ विश्व निकेतन उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा परिचित छ । विश्व निकेतनका पूर्वाधार कुनै पनि निजी लगानीमा सञ्चालन भएका विद्यालयको दाँजोमा कमजोर छैन । विश्व निकेतनमा आईसीटी जडित तथा प्रविधिमैत्री कक्षाकोठा भएकाले पनि धेरै अभिभावक र विद्यार्थीको रोजाइमा पर्छ ।

Logo