सल्यानकाे त्रिभुवन जनता माविलाई दोस्रो केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड

सल्यानकाे त्रिभुवन जनता माविलाई दोस्रो केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड

केन्द्रबिन्दु
7.4k
Shares

काठमाडौं । उत्कृष्ट शैक्षिक नतिजा पस्कँदै आएकाे सल्यानको श्री त्रिभुवन जनता माध्यमिक विद्यालय सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको दोस्रो संस्करणको सो कार्यक्रमबाट त्रिभुवन जनता मावि सम्मानित भएको हो ।

भौतिक पूर्वाधारले सम्पन्न, आफ्नो विषयमा पोख्त शिक्षक भएको यस विद्यालयमा अध्ययनरत विद्यार्थी ल्याएको उत्कृष्ट नतिजा आदि सबै विषयलाई मूल्याङ्कनको कदर गर्दै सम्मान गरिएको आयोजक टिमले बताएको छ ।

विद्यार्थीलाई शैक्षिक सफलताको बाटोमा डोहोरयाउँन निकै संघर्ष गरिरहेको छ । सीमित स्रोत साधनको बाबजुद पनि यो विद्यालयले चालेको शैक्षिक यात्रा उत्कृष्ट रहेको बताइएको छ ।

Logo