जेभियर एकेडेमीले पायो ‘लिगेसी अफ सक्सेस अवार्ड’

जेभियर एकेडेमीले पायो ‘लिगेसी अफ सक्सेस अवार्ड’

केन्द्रबिन्दु
7.9k
Shares

काठमाडौंको लाजिम्पाटमा अवस्थित जेभियर एकेडेमीले ‘लिगेसी अफ सक्सेस अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजालाई मूल सर्त बनाएको जेभियर एकेडेमीलाई ‘लिगेसी अफ सक्सेस अवार्ड’ प्रदान गरिएको हो ।

गुणस्तरीय शिक्षणका साथ बर्षेनी ९५ प्रतिशत भन्दा बढी नतिजा हासिल गर्दै आएको जेभियरले जेहेन्दार, गरिब विद्यार्थीलाई पनि उत्तिकै अवसर दिइरहेको छ । साथै नियमित रुपमा परीक्षा, अन्तर्क्रिरया, छलफल आदि गराउँछ । जेभियरले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै ‘लिगेसी अफ सक्सेस अवार्ड’ प्रदान गरिएको हो ।

विद्यार्थीले कसरी सिक्छन् ? सिकेका वा पढेका कुरालाई कसरी अभ्यास गर्छन् ? नियमित रुपमा पठनपाठन र अभ्यास गरिहेका छन् वा छैनन् ? यावत् कुरामा जेभियरले रचनात्मक ढंगले सरोकार राख्छ । पढाई मात्र होइन, विद्यार्थीले आफ्नो रुची अनुसारको क्षमता पनि विकास गर्नुपर्छ भन्ने ध्येयले विभिन्न अतिरिक्त गतिविधि सञ्चालन गर्दै आएको छ ।

Logo