केएमसी, बागबजारलाई ‘कमिन्टमेन्ट टु क्वालिटी एजुकेसन अवार्ड’

केएमसी, बागबजारलाई ‘कमिन्टमेन्ट टु क्वालिटी एजुकेसन अवार्ड’

केन्द्रबिन्दु
5.3k
Shares

काठमाडौं मोडेल सेकेण्डरी स्कुल (केएमसी), बागबजारले ‘कमिन्टमेन्ट टु क्वालिटी एजुकेसन अवार्ड २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच केएमसीलाई कमिन्टमेन्ट टु क्वालिटी एजुकेसन अवार्ड प्रदान गरिएको हो । परिणाममुखी र व्यवहारिक शिक्षा दिने केएमसीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

आईएसओबाट मान्यता प्राप्त केएमसीले विद्यालय तहदेखि स्नात्तोकत्तरसम्मको अध्ययन गराउँदै आएको छ । प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन हुँदै आएको यो कलेजले सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको छ । अनुभवी एवं लामो समय शैक्षिक क्षेत्रमा समर्पित प्राध्यापकबाट अध्यापन हुँदै आएको यो कलेजले हरेक विद्यार्थीलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन अनवरत रुपमा प्रयास गर्ने गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई हरेक खुड्किलामा सहजताको पाइला चाल्नमा मदत गर्दछ ।

Logo