केएमसी, बालकुमारीलाई ‘कमिन्टमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड’

केएमसी, बालकुमारीलाई ‘कमिन्टमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड’

केन्द्रबिन्दु
2.6k
Shares

ललितपुरको बालकुमारीमा अवस्थित काठमाडौं मोडेल सेकेन्डरी स्कुल (केएमसी)ले ‘कमिन्टमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजासहित दुई दशकको यात्रा तय गरिसकेको केएमसी बालकुमारीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दैै उक्त अवार्ड प्रदान गरिएको हो ।

पढेका कुरालाई कसरी जीवनमा उपयोग गर्ने ? कसरी समाज र राष्ट्रको हितमा लगाउने ? यही अनुरुप कलेजले विद्यार्थीलाई मार्गदर्शन दिँदै आएको छ । केएमसीमा कक्षा ११, १२ देखि स्नातकोत्तरसम्म पठनपाठन गर्न सकिन्छ । यहाँ कक्षा ११, १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय छन् । विद्यार्थीको सिकाइको दायरा फराकिलो बनाउन केएमसी बालकुमारीले विश्वका प्रख्यात विश्वविद्यालयहरुसँग सहकार्य गर्ने गरेको छ ।

Logo