पिनाकल एकेडेमीले पायो ‘बेष्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड’

पिनाकल एकेडेमीले पायो ‘बेष्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड’

केन्द्रबिन्दु
6.4k
Shares

ललितपुरको लगनखेलमा रहेको पिनाकल एकेडेमी स्कुल एण्ड कलेजले ‘बेष्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सीप र शिक्षा दुवैलाई सँगसँगै अगाडि बढाएको पिनाकल एकेडेमीलाई बेष्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड गरिएको हो । पिनाकलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

शैक्षिक धरातल जति बलियो हुन्छ, उन्नतीको पथमा उत्तिनै ठूलो छलाङ मार्न सकिन्छ । यही तथ्यमा उभिएर पिनाकल एकेडेमीले उर्बर धरातल निर्माण गरिदिएको छ विद्यार्थीका लागि । फराकिलो शैक्षिक कार्यक्रम र परिणाममुखी पठन प्रणाली मूल विशेषता रहेको पिनाकल कलेज हरेक संकायमा उत्तिकै उत्कृष्ट नतिजा हासिल गर्न सक्षम छ । त्यो पनि हरेक वर्ष ।

ललितपुरको लगनखेलमा अवस्थित पिनाकलमा विद्यालय तहदेखि स्नातकसम्म विभिन्न शैक्षिक कार्यक्रम सञ्चालित छन् । यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन र मानविकी संकायको पठनपाठन हुँदै आएको छ ।

Logo