काठमाडौं बनहार्ट कलेजलाई ‘बेष्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड’

काठमाडौं बनहार्ट कलेजलाई ‘बेष्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड’

केन्द्रबिन्दु
1.3k
Shares

काठमाडौं बनहार्ट स्कुल एण्ड कलेजलाई ‘बेष्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड, २०८१’ प्रदान गरिएको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच शैक्षिक क्षेत्रमा पृथक पहिचान बनाएको काठमाडौं बनहार्टलाई बेष्ट पर्फर्मेन्स एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो ।

बल्खुमा अवस्थित काठमाडौं बर्नहार्टले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

त्रिभुवन विश्वविद्यालबाट मान्यता प्राप्त काठमाडौं बर्नहार्ट विश्वविद्यालय अनुदान आयोग (यूजीसी)बाट उच्च शिक्षा गुणस्तरको सबै तह पार गरेर क्यूएए मान्यता पाउने पहिलो निजी कलेज हो । यस कलेजले २०५७ सालदेखि अविछिन्न उत्कृष्ट नतिजा पस्कँदै आएको छ ।

यहाँ पूर्वप्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म पढ्न सकिन्छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा पठन पाठन हुन्छ । सम्पूर्ण विद्यार्थीलाई दक्ष तथा अब्बल बनाउन परीक्षा केन्द्रित अतिरिक्त कक्षा समेत यो शैक्षिक संस्थाले संचालन गर्दै आएको छ । पढाईलाई जानकारीको रुपमा मात्र नभई व्यवहारिक जीवनमा उपयोग गर्न सकोस् भनी कलेजले पठन पद्धतीलाई अभ्यासमा आधारित बनाएको छ । यहाँ कुनैपनि पाठयक्रमसँग सम्बन्धित प्रयोगात्मक अभ्यास हुन्छ ।

Logo