सिसिआरसीलाई ‘बेष्ट साइन्स कलेज अवार्ड’

सिसिआरसीलाई ‘बेष्ट साइन्स कलेज अवार्ड’

केन्द्रबिन्दु
16k
Shares

काठमाडौंको कोटेश्वरमा रहेको क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी)ले ‘बेष्ट साइन्स कलेज अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच सन् २००१ देखि शैक्षिक दक्षता हासिल गर्नका लागि एक उर्बर थलो बनेको सिसिआरसीलाई ‘बेष्ट साइन्स कलेज अवार्ड’प्रदान गरिएको हो ।

यस कलेजले विद्यार्थीलाई शैक्षिक जनशक्तिको रुपमा मात्र तयार गर्दैन, उत्तिकै जिम्मेवार र कर्तव्यनिष्ठा नागरिक बन्न पनि प्रेरित गरेको छ । कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायअन्तर्गत पठनपाठन हुन्छ । स्थापनाकालदेखि उत्कृष्ट नतिजा दिइरहेको यस कलेज यसकारण खास छ कि, जसले पठनपाठनलाई जीवनसँग जोड्ने गर्छ । यसका लागि कलेजसँग दक्ष, परिपक्क र अनुभवी शिक्षक समूह छ ।

कलेजमा पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब जस्ता सुविधाहरु छन्, जसले व्यवहारिक सिकाईलाई प्रभावकारी बनाउँछ ।

Logo