गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाको पर्याय प्रसादी एकेडेमी, ललितपुर [भिडियाे]

गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाको पर्याय प्रसादी एकेडेमी, ललितपुर [भिडियाे]

केन्द्रबिन्दु
10.9k
Shares

देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुमध्ये सर्वोत्कृष्ट घोषित भई पाँच पटकसम्म राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल एकमात्र शैक्षिक संस्था हो, प्रसादी एकेडेमी । ‘अकबरी सुनलाई कसी लगाउनु पर्दैन’ अर्थात् प्रसादी नाम नै काफी छ । त्यसैले त ललितपुरमा अवस्थित प्रसादीमा पढ्नका लागि विद्यार्थीहरुमा होडबाजी चल्छ ।

‘अकबरी सुनलाई कसी लगाउनु पर्दैन’ अर्थात् प्रसादी नाम नै काफी छ ।

परिणामुखी पढाईसँगै विद्यार्थीको क्षमता विकासमा जोड दिने प्रसादी अक्सर अब्बल विद्यार्थीको रोजाईमा पर्ने गर्छ । सीमित सिटमा मात्र विद्यार्थी भर्ना गर्ने प्रसादीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पठनपाठन गराउँदै आएको छ । पढेका कुरा व्यवहारिक जीवन र सुदूर भविष्यका लागि पनि उत्तिकै उपयोगी हुनुपर्छ भन्ने मान्यताका साथ प्रसादीले पढाईका प्रभावकारी विधिहरु पहिल्याउने गर्छ । यसका लागि प्रसादीसँग सुयोग्य शिक्षक समूह र उत्तरदायी व्यवस्थापकिय समूह सधैं गतिशिल छन् ।

प्रसादीमा पढ्नका लागि विद्यार्थीहरुमा होडबाजी चल्छ ।

अनुशासित वातावरण र गुणस्तरिय शिक्षण यस कलेजको आकर्षण हुन् । सन् १९९७ मा स्थापना भएको प्रसादीले नेपालको शैक्षिक क्षेत्रमा गर्बिलो योगदान दिइरहेको छ । वैश्विक स्तरका शिक्षण विधिहरु अपनाउँदै व्यवहारिक र वैज्ञानिक ढाँचाबाट पठनपाठन गराउनु यसको आफ्नो विशेषता हो ।

Logo