विद्यार्थीको सुनौलो भविष्य निर्माणका लागि बलियो धरातल अरनिको आवासीय मावि, विराटनगर [भिडियाे]

विद्यार्थीको सुनौलो भविष्य निर्माणका लागि बलियो धरातल अरनिको आवासीय मावि, विराटनगर [भिडियाे]

केन्द्रबिन्दु
8.8k
Shares

कोशी प्रदेशकै गरिमा हो, अरनिको आवासीय माध्यामिक विद्यालय । विराटनगरमा अवस्थित यस शैक्षिक संस्था गुस्तरिय शिक्षा र उत्कृष्ट नतिजाका लागि देशभर कहलिएको छ । विद्यालय तहको परीक्षामा यहाँका विद्यार्थीले देशभरमै सर्वोत्कृष्ट अंक हासिल गरेको इतिहास छ ।

अरनिकोले गौरवमय इतिहास रच्नुको पछाडि परिपक्क, अनुभवी, उत्तरदायी र दक्ष शिक्षक समूह मूल कडी हुन् ।

लामो शैक्षिक इतिहास बनाएको अरनिको आवासीय माध्यामिक विद्यालय विसं २०३३ सालमा स्थापना भएको हो । त्यसयता अविछिन्न उत्कृष्ट नतिजा हासिल गर्दै आएको अरनिकोले विद्यार्थीहरुलाई सुनौलो भविष्य निर्माणका लागि बलियो धरातल उपलब्ध गराउँदै आएको छ । देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुको पंक्तिमा अरनिकोले आफूलाई पनि स–गरौव उभ्याएको छ ।

विद्यालय तहको परीक्षामा यहाँका विद्यार्थीले देशभरमै सर्वोत्कृष्ट अंक हासिल गरेको इतिहास छ ।

२०५६ सालदेखि यस शैक्षिक संस्थाले कक्षा ११ र १२ को पठनपाठन गराउँदै आएको छ । कक्षा ११ र १२ मा विज्ञान र व्वस्थापन संकाय सञ्चालन गर्दै आएको छ । यस विद्यालयले गौरवमय इतिहास रच्नुको पछाडि परिपक्क, अनुभवी, उत्तरदायी र दक्ष शिक्षक समूह मूल कडी हुन् । त्यससँगै उत्कृष्ट व्यवस्थापन र वैज्ञानिक पठनपाठनले यसको गरिमालाई उँचो बनाएको हो ।

Logo