विद्यार्थीको व्यवहार र प्रयोगमा आधारित सिकाई विधि अपनाउने मोडर्न स्कुल एण्ड कलेज, भक्तपुर [भिडियाे]

विद्यार्थीको व्यवहार र प्रयोगमा आधारित सिकाई विधि अपनाउने मोडर्न स्कुल एण्ड कलेज, भक्तपुर [भिडियाे]

केन्द्रबिन्दु
2.1k
Shares

विद्यार्थीलाई शिक्षाका साथसाथै व्यवहारिक जीवन सुन्दर बनाउने कला पनि सिकाउनु जरुरी छ । उनीहरुले आज जे पढ्छन्, त्यो कुराले भोलिका दिनमा उनीहरुलाई सहज बनाउनुपर्छ । यसले ज्ञानको दायरा त फराकिलो बनाउनु पर्छ नै जीवनलाई अर्थपूर्ण पनि । यही मान्यतालाई शिरोधार गर्दै मोडर्न स्कुल एण्ड कलेजले जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको छ ।

मोडर्न स्कुल एण्ड कलेजले जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको छ ।

निःसन्देह यस कलेजको पहिलो सर्त, गुणस्तरिय शिक्षा नै हो । यहाँ कक्षा ११ र १२ मा कानुन र व्यवस्थापन संकाय पठनपाठन हुन्छ । हाल स्नातक तहअन्तर्गत बिलबिएस सञ्चालनमा छ भने भविष्यमा थप अरू विषयहरू सहित स्नातक र स्नातकोत्तर तहहरू सञ्चालन गर्ने व्यवस्थापकको तयारी छ ।

विद्यार्थीलाई शिक्षाका साथसाथै व्यवहारिक जीवन सुन्दर बनाउने कला पनि सिकाउनु जरुरी छ ।

यद्यपि यस शैक्षिक संस्थाले विद्यार्थीलाई पढाईमा मात्र केन्द्रित गराउँदैन । त्यसका साथसाथै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिने गरेको छ । खेलकुद, साहित्य, कला मनोरञ्जन आदिको माध्यमबाट विद्यार्थीको क्षमता उजागर गर्न कलेजले नियमित कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । त्यसैले यो कलेज एउटा उर्बर धरातल पनि हो, आफ्नो कला र प्रतिभा प्रस्फुटन गराउने ।

Logo