विद्यार्थीहरुको समृद्धि यात्राको सहयोगी समृद्धि स्कुल, बनस्थली [भिडियाे]

विद्यार्थीहरुको समृद्धि यात्राको सहयोगी समृद्धि स्कुल, बनस्थली [भिडियाे]

केन्द्रबिन्दु
2.7k
Shares

२१औं शताब्दीमा बजारको माग अनुसारको जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित शैक्षिक संस्था हो, समृद्धि स्कुल । काठमाडौंको बनस्थलीमा २०७४ सालमा खुलेको समृद्धि स्कुल विद्यार्थीहरुको समृद्धि यात्रामा अहोरात्र खटिरहेको छ ।

करिकुलमको सुँगा रटाई गराउने भन्दा पनि समृद्धिले विद्यार्थीमा सिकाइको भोक जगाएर अध्ययन गराउनु समृद्धिको विशेषता हो ।

गुणस्तरीय भौतिक पूर्वाधार र अनुभवी शिक्षक समूहको साथमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन गराउँदै आएको यस स्कुलले विद्यार्थीलाई कक्षा १ देखि नै लिडरसीप विकास, ग्रुप वर्क तथा प्रस्तुती जस्ता सिकाइका आधुनिक प्रक्रियालाई अँगाल्दै आएको छ । होटल व्यवस्थापन, पर्यटन र पर्वतारोहण, मार्केटिङ समृद्धिमा पढाई हुने प्रमुख विषय हुन् । विद्यार्थीलाई परीक्षा केन्द्रित भएर करिकुलमको सुँगा रटाई गराउने भन्दा पनि समृद्धिले विद्यार्थीमा सिकाइको भोक जगाएर अध्ययन गराउनु समृद्धिको विशेषता हो ।

भिजन नै बनाएर अघि बढिरहेको समृद्धि सिर्जनशीलताको कदर गर्दै वौद्धिक र व्यक्तिगत विकासका लागि विद्यार्थीलाई सधैं हौसला र प्रेरणा दिने गर्दछ ।

भिजन नै बनाएर अघि बढिरहेको समृद्धि सिर्जनशीलताको कदर गर्दै वौद्धिक र व्यक्तिगत विकासका लागि विद्यार्थीलाई सधैं हौसला र प्रेरणा दिने गर्दछ । गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सधैं सहयोगी बन्ने यो स्कुलले उचित छात्रवृत्तिको समेत व्यवस्था गर्दै आएको छ ।

Logo