विद्यार्थीको भविष्यप्रति उत्तरदायी शिक्षण संस्था, ब्रिजवाटर इन्टरनेशनल कलेज [भिडियाे]

विद्यार्थीको भविष्यप्रति उत्तरदायी शिक्षण संस्था, ब्रिजवाटर इन्टरनेशनल कलेज [भिडियाे]

केन्द्रबिन्दु
2.8k
Shares

डेढ दशकको शैक्षिक यात्रा तय गरिसकेको ब्रिजवाटर इन्टरनेशनल कलेज जीवनोपयोगी शिक्षाका लागि उत्कृष्ट रोजाई हो । ब्रिजवाटर फाउन्डेशन अन्तर्गत रहेर विद्यालय तह, प्लस टु हुँदै स्नातकसम्म अध्ययन हुने यो कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन हुन्छ । कलेजले शैद्धान्तिकसँगै प्रयोगात्मक पठनपाठनमा जोड दिँदै आएको छ । यसका लागि विभिन्न अभ्यास, स्थलगत भ्रमण, प्रोजेक्ट वर्क जस्ता विधि अपनाएको छ ।

कलेजले शैद्धान्तिकसँगै प्रयोगात्मक पठनपाठनमा जोड दिँदै आएको छ ।

यस कलेजको अर्को विशेषता भनेको विद्यार्थीको भविष्यप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु हो । कलेजले विद्यार्थीलाई दक्ष मात्र बनाउँदैन, उनीहरुको क्षमता र रुची अनुरुप रोजगारका लागि मार्गनिर्देशन पनि गर्छ ।

कलेजले विद्यार्थीलाई दक्ष मात्र बनाउँदैन, उनीहरुको क्षमता र रुची अनुरुप रोजगारका लागि मार्गनिर्देशन पनि गर्छ ।

नेपाली शिक्षामा गौरवमय इतिहास बनाउने हेतुका साथ अगाडि बढिरहेको कलेजले आजको युग सुहाउँदो शिक्षण विधी अपनाउँदै आएको छ । देशकै सबैभन्दा व्यवहारिक, नविन र उत्पादनशिल शैक्षिक नेटवर्क बनाउने आधार तय गर्दै कलेजले कक्षाकोठादेखि पठन पद्धतीसम्ममा उन्नत अभ्यासहरु गरिरहेका छन् । साप्ताहिक रुपमा लिइने परीक्षाले विद्यार्थीलाई अध्ययनमा परिपक्कता ल्याउने मात्र नभइ कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षासहितको दैनिक, साप्ताहिक र मासिक योजना बनाउन समेत ब्रिजवाटरले अग्रसरता लिने गरेको छ ।

Logo