शिक्षासँगै सिप प्रदान गर्दै आएकाे आइएसटी सेकेण्डरी स्कुल, ज्ञानेश्वर [भिडियाे]

शिक्षासँगै सिप प्रदान गर्दै आएकाे आइएसटी सेकेण्डरी स्कुल, ज्ञानेश्वर [भिडियाे]

केन्द्रबिन्दु
3k
Shares

करिब दुई दशकदेखि आइएसटी कलेजले हस्पिटालिटी क्षेत्रका योग्य जनशक्ति तयार गर्दै आएको छ । यस क्रममा कलेजले टुरिजम र हस्पिटालिटी क्षेत्रमा नव आयाम सहित अन्तर्राष्ट्रियस्तरका कोर्षहरु पठनपाठन गराउँदै आएको छ । प्लस टु अध्ययनको लागि आइएसटी सेकेण्डरी स्कुल आइएसटी कलेजको व्यवस्थापन अन्तर्गत काठमाडौंको ज्ञानेश्वर वडा नं. ३० मा सञ्चालित छ ।

आइएसटीले विद्यार्थीलाई जिज्ञासु र जागरूक बनाउन विषय अनुसार प्रयोगात्मक अभ्यासलाई उच्च प्राथमिकतामा राखेको छ ।

आइएसटीले विद्यार्थीलाई जिज्ञासु र जागरूक बनाउन विषय अनुसार प्रयोगात्मक अभ्यासलाई उच्च प्राथमिकतामा राखेको छ । एसईई पछि कक्षा ११ र १२ मा व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिजम म्यानेजमेन्ट, जनरल म्यानेजमेन्टका विषयहरू पढाई हुन्छ ।

प्लस टु लेभलमा नै ईन्टर्नसिपको व्यवस्था गर्ने नेपालको एक मात्र कलेज हो, आइएसटी ।

काठमाडौं उपत्यका लगायत नेपालभरि सञ्चालित विभिन्न विद्यालयहरू मध्ये यो विद्यालयले फरक तरिकाबाट विद्यार्थीलाई अध्ययन अध्यापन गराउँदै आएको छ । कक्षा १२ को अन्तिम परीक्षा दिए लगत्तै विद्यार्थीहरुलाई व्यावसायिक एवं व्यावहारिक ज्ञान दिन होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई ४ तारे होटलमा ३ देखि ६ महिना ईन्टर्नसिपमा पठाउँदै आइरहेको छ भने कम्प्युटर साइन्सका विद्यार्थीहरू आइटी सम्बन्धित काम गर्ने टेक कम्पनीहरूमा काम गर्ने गरी ४ देखि ६ महिनाको ईन्टर्नसिपमा पठाउने व्यवस्था विद्यालयले गरेको छ । प्लस टु लेभलमा नै ईन्टर्नसिपको व्यवस्था गर्ने नेपालको एक मात्र कलेज हो, आइएसटी ।

Logo