जब ४० पूर्णाङ्कमा ४२ नम्बर आयो

जब ४० पूर्णाङ्कमा ४२ नम्बर आयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कुनै पनि परिक्षार्थीको सबैभन्दा बढी नम्बर आए पूर्णाङ्क बराबर आउँछ । त्यसलाई शतप्रतिशत अंक मानिन्छ । तर पूर्णाङ्कभन्दा बढी नम्बर नै आईदिए के होला ? हो त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत एक विद्यार्थीको पुर्णाङ्कभन्दा २ नम्बर बढी आएको छ ।

परीक्षा नियन्त्रण कार्यालयको गम्भीर त्रुटिका कारण एक विद्यार्थीलाई कुल ४० नम्बर पूर्णाङ्क भएको विषयमा ४२ नम्बर पाएका छन् । बीएस्सी चौथो वर्षमा अध्ययनरत एक विद्यार्थीले कुल ४० नम्बर पूर्णाङक भएको ‘जिओलोजी प्राक्टिकल’ विषयको लब्धाङ्क–पत्रमा ४२ नम्बर पाएका हुन् ।

परीक्षा नियन्त्रण कार्यालयले भने छपाई त्रुटिका कारण यस्तो समस्या भएको जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले विषयगत कोड छपाई गर्दा बिग्रेर यस्तो समस्या आएको बताए । पूर्णाङक भन्दा बढी उत्तीर्णाङ्क ल्याएका विद्यार्थीलाई नयाँ लब्धांक–पत्र दिइसकिएको उनको भनाई छ ।

Logo