भीमदत्त नगरपालिकामा विद्यालय भर्ना अभियान सुरु

भीमदत्त नगरपालिकामा विद्यालय भर्ना अभियान सुरु

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऔ भन्ने नारा सहित नयाँ शैक्षिक सत्र २०७६ का लागि विद्यालय भर्ना अभियान सुरु भएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीनपा–७ हल्दुखालस्थित सिद्धेश्वर आधारभूत विद्यालयमा अभिभावकलाई प्रमाण पत्र र बालबालिकालाई किताब वितरण गरी भर्ना अभिायन सुरुवात गरेका छन् ।

भीमदत्तमा सामुदायिक विद्यालयमा अभिभावक र बालबालिकालाई आकर्षित गर्न पहिलो बच्चा विद्यालय भर्ना गर्ने अभिभावकलाई प्रमाण पत्र सहित स्वागत गर्ने तथा बालबालिकालाई किताब सहित झोला वितरण गर्ने कार्यक्रमका साथ भर्ना अभियान सुरु गरिएको छ ।नगर प्रमुख विष्टले नयाँ भर्ना गर्ने अभिभावकलाई प्रमाण पत्र र बालबालिकालाई किताब वितरण गरे ।

सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार, शिक्षक कर्मचारी दरबन्दी लगायतका समस्या रहेको उल्लेख गर्दै नगरपालिका नीतिगत रुपमा अघि बढेको धारणा राखे । ‘भौतिक पूर्वाधारको समस्या छ, विचमा विद्यालय विचमा छाड्ने विद्यार्थीको समस्या छ, शिक्षक कर्मचारीका समस्या छन्’ उनले भने,‘यी सबै समस्या समाधानका लागि नीतिगत रुपमा अघि बढेका छौ, विद्यार्थी भर्ना अभियान निरन्तर रुपमा सञ्चालन गर्छौ ।’

उनले अभिभावकलाई उत्पादनसित जोड्नेगरी कार्यक्रमको प्रस्ताव ल्याउन विद्यालयलाई आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर सिह धामीको सभापतित्वमा गरिएको कार्यक्रममा वडा नं. ७ का अध्यक्ष शंकर सिह कुँबर विशिष्ठ अतिथि थिए । उनले भर्ना अभियानलाई सफल बनाउन वडा कार्यालय सबै सहयोग गर्ने बताए ।

भीमदत्त नगरपालिकामा ५५ सामुदायिक विद्यालय छन् । ती सबै विद्यालयमा भर्ना अभियान सञ्चालन गरिएको हो । भर्ना अभियानका अवसर पारी अभिभावक र बालबालिका बाजागाजा सहित र्‍याली निकालेका छन् । र्‍याली सहभागीहरु नाचेर विद्यालय पुगेका थिए ।

Logo