आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले आजदेखि विद्यार्थी भर्ना अभियान कार्यक्रमको घोषणा गरेको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले सो कार्यक्रमको शुरुवात गरेको हो ।

मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार यस वर्ष विद्यालय बाहिर रहेका करिव ९१ हजार बालबालिकालाई भर्ना गराइने लक्ष्य छ । गएको वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेकामा त्यो संख्या बढेर यस बर्ष ९१ हजार पुगेको हो । गतवर्ष पाँच बर्ष देखि नौ बर्ष उमेर समूहका २५ लाख ८३ हजार विद्यार्थीमध्ये २४ लाख ९२ हजार विद्यार्थी विद्यालयमा भर्ना भएका थिए ।

शिक्षा मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहसँग सहकार्य गरेर भर्ना अभियान कार्यक्रम शुरु गरेको हो । अभियान बैशाख १६ गते सम्म चल्नेछ ।

Logo