केएमसी बागबजारद्वारा कक्षा ११ का विद्यार्थीलक्षित ‘वेलकम एण्ड ओरेन्टेसन’ कार्यक्रम सम्पन्न

केएमसी बागबजारद्वारा कक्षा ११ का विद्यार्थीलक्षित ‘वेलकम एण्ड ओरेन्टेसन’ कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
168
Shares

परिणाममुखी र व्यवहारिक शिक्षा दिने पृथक कलेज काठमाडौं मोडल कलेज (केएमसी) बागबजारले कक्षा ११ मा भर्ना भएका २५औं ब्याचका विद्यार्थीहरुलाई वेलकम तथा ओरेन्टेसन कार्यक्रमकाे आयाेजना गरेको छ ।

करिब २ हजार भन्दा बढी विद्यार्थी सहभागी वेलकम तथा ओरेन्टेसन कार्यक्रममा विद्यार्थीका अलावा केएमसी परिवार र अभिभावकहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा अतिथीका रुपमा बहुचर्चित गायक महेश काफ्लेलाई निम्त्याइएकाे थियाे । उनले ‘बोत्तलको पानीले, माया बिरानी, लज्जावती झार, तातो गोली’लगायतका गित गाउँदै मनोरञ्जन दिएका थिए । साथमा केएमसीकै विद्यार्थीहरुले गायन तथा नृत्य पनि प्रस्तुत गरेका थिए ।

देशकै उत्कृष्ट शिक्षण संस्थाका रुपमा आफूलाई स्थापित गराउँदै आएको केएमसीले सुरुवातदेखि नै नतिजामुखी एवं जीवनपयोगी शिक्षा प्रदान गर्दै आएको छ । प्लस टुमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन गराउँदै आएको यो कलेजले सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षालाई पनि उत्तिकै जोड दिएको छ ।

कार्यक्रममा कलेजका प्रिन्सिपल नगेन्द्रबहादुर अर्यालले कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीप्रति आभार व्यक्त गरे । उनले केएमसी कलेज आफैंमा सुप्रसिद्ध भइसकेकाले कलेजमा पूर्वविद्यार्थीबाट प्रभावित भएका विद्यार्थीहरुको बाहुल्यता रहेको पनि बताए ।

सो अवसरमा कक्षामा ११ मा उत्कृष्ट शैक्षिक नतिजा ल्याउने विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । विज्ञान संकायका तिलक न्यौपाने र व्यवस्थापन संकायका आदित्यकुमार कामुले ‘विष्णु राधा अवार्ड’ पाए भने कानून संकायकी एरिका थापाले ‘आमा मायादेवी अवार्ड’ पाइन् ।

Logo