जेभियर इन्टरनेशनलका ऋतिक ‘ए लेभल’ परीक्षामा विश्व प्रथम

जेभियर इन्टरनेशनलका ऋतिक ‘ए लेभल’ परीक्षामा विश्व प्रथम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जेभियर इन्टरनेशनल कलेजका विद्यार्थी ऋतिक यादव यस वर्षको ए लेभल परीक्षामा विश्व प्रथम भएका छन् । शुक्रबार ललितपुरमा ब्रिटिश काउन्सिलले आयोजना गरेको कार्यक्रममा विश्वभरीका विद्यार्थीमा जेभियर इन्टरनेशनलका यादवलाई ‘वर्ल्ड टपर’ को उपाधी प्रदान गरिएको हो । उनले कम्प्युटर साइन्स र फिजिक्समा वर्ल्ड टप गर्दै केमेष्ट्रीमा विश्वको सातौं वरियता कायम गरेका छन् ।

कार्यक्रममा वर्ल्ड टप गर्नेसहित विभिन्न उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । विश्वमै प्रसिद्ध बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ एजुकेसन (जिसिई) कार्यक्रम अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम ए लेभलमा नेपालका विद्यार्थीले यसअघि पनि उत्कृष्ट नतिजा ल्याएका थिए ।

जेभियर इन्टरनेशनलकै विद्यार्थीले यसअघि पनि वर्ल्ड टप गरेको सो अवसरमा जानकारी दिइयो । ए लेभल पढाई हुने नेपालका विभिन्न कलेजका उत्कृष्ट विद्यार्थीको नामसमेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

Logo