‘दोस्रो केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड’मा अध्यक्ष ढकाललाई विशेष सम्मान

‘दोस्रो केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड’मा अध्यक्ष ढकाललाई विशेष सम्मान

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकाललाई ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट विशेष सम्मान गरिएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको दोस्रो संस्करणको उक्त कार्यक्रमबाट ढकाललाई विशेष सम्मान गरिएको हो ।

एफनसीसीआईको नेतृत्वमा बसेर कुशल नेतृत्वको कमान्ड र व्यवसायीक यात्राको कदर गर्दै अध्यक्ष ढकाललाई सम्मानित गरिएको हाे ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अध्यक्ष ढकाललाई प्रमाणपत्रसहित सम्मान गरेका हुन् । एफनसीसीआईको नेतृत्वमा बसेर कुशल नेतृत्वको कमान्ड र व्यवसायीक यात्राको कदर गर्दै अध्यक्ष ढकाललाई सम्मानित गरिएको केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिका प्रबन्ध निर्देशक विदुर खतिवडाले जानकारी दिए ।

वि.सं. २०२२ सालमा बाग्लुङको अमलाचौरमा सामान्य परिवारमा जन्मिएका चन्द्रप्रसाद ढकाल आफ्नै पौरखमा व्यवसायीक क्षेत्रमा छुट्टै विरासत खडा गरी काम गरिरहेका छन् । आईएमई ग्रुपका संस्थापक अध्यक्षसमेत रहेका ढकाल आफ्नो सङ्घर्षपूर्ण यात्राकै कारण सफलता पाएका हुन् । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा उनको उल्लेखनीय योगदान छ ।

सामान्य परिवारमा जन्मिएका चन्द्रप्रसाद ढकाल आफ्नै पौरखमा व्यवसायीक क्षेत्रमा छुट्टै विरासत खडा गरी काम गरिरहेका छन् ।

निजी क्षेत्रका नेतृत्व समाली रहेका ढकाल देशको अर्थतन्त्रमा पनि निजी क्षेत्रको पनि ठूलो योगदान रहेको बताउँछन् । निजी क्षेत्रसँग हातेमालो गरे अगाडि बढे देशको अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशातिर जाने ढकाल बताउँदै आएका छन् ।

व्यवसायका लागि केही रकम अत्यावश्यक पर्दा आफैँले काम गर्ने बैंकबाट ऋण नपाएका ढकाल अहिले मुलुककै सबैभन्दा ठूलो बैंकका अध्यक्ष बन्न सफल छन् ।

भन्ने गरिन्छ, चम्किला चन्द्रको चामत्कारिक यात्रा । तर, एउटा गाउँले ‘चन्द्र’को जिन्दगीलाई चन्द्रमाको जस्तै चमक भर्न थोरै मिहिनेतले भने पुगेको छैन । ढकालको बाल्यकाल गाउँघरमा घाँसदाउरा र डोकोनाम्लो गरेरै बित्थ्यो । जब उमेर बढ्दै गयो, जिम्मेवारी पनि थपियो । गाउँमा आमाको खुशी र भाइबहिनीलाई अभिभावकत्व प्रदान गर्ने आधार नभेटेपछि २०४१ सालमा सपनाको सहर काठमाडौं छिरेका ढकाल वाणिज्य बैंकको जागिर माया मार्दै २०४८ सालतिर सामान्य कोल्डस्टोर खाेले र त्यसपछि कार्गो व्यवसायमा हामफालेका उनका अहिले देशका बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स, केबलकार, हाइड्रोपावरदेखि लिएर धेरै व्यवसाय छन् । आफ्ना व्यवसायबाट लाखौं उपभोक्ताकाे दैनिकी सहज बनाउन हजारौंलाई रोजगारी दिलाएका छन् ।

निजी क्षेत्रसँग हातेमालो गरे अगाडि बढे देशको अर्थतन्त्रका सूचकहरू सकारात्मक दिशातिर जाने ढकाल बताउँदै आएका छन् ।

व्यवसायका लागि केही रकम अत्यावश्यक पर्दा आफैँले काम गर्ने बैंकबाट ऋण नपाएका उनी अहिले मुलुककै सबैभन्दा ठूलो बैंकका अध्यक्ष बन्न सफल छन् । उनको परिश्रम सीमित होइन, अविश्राम छ । साथमा समय र सरलता उनका परिचायक हुन् । यो सबै समृद्धि र सफलता कसरी सम्भव भयो ? सबैलाई उनको एउटै जवाफ छ– ‘लगाव, परिश्रम र इमानदारिता ।’ ढकालले आफ्नो व्यक्तित्व निर्माणमा गरेका संघर्षका सत्य कथाहरू धेरैको प्रेरणाका स्रोत बन्न योग्य छन् । उनले आफ्नो सफलताको यो ओझिलो यात्रामा बटुलेका अनुभवहरू भावी पिँढीका लागि पथप्रदर्शक बन्न सक्छन् ।

Logo