१६ वर्षमा साढे ६ लाखले लिए ‘एनओसी’, जापानका लागि सबैभन्दा बढी

१६ वर्षमा साढे ६ लाखले लिए ‘एनओसी’, जापानका लागि सबैभन्दा बढी

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । विदेशमा अध्ययन गर्ने अनुमति पत्रको विगत १६ वर्षको तथ्यांक हेर्ने हो भने हालसम्म कूल ६ लाख ४६ हजार १९६ ले एनओसी लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, एनओसी शाखा प्रमुख नृपध्वज मगरका अनुसार २०६५ देखि २०८१ सम्म नओसी (नो अबजेक्सन लेटर) लिनेको यो संख्या निकै ठूलो हो ।

आर्थिक वर्ष २०८० । ८१ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको एनओसी (नो अबजेक्सन लेटर) को संख्या कूल ६६ देशका लागि एक लाख १२ हजार ५९३ रहेको छ । यस पटक एनओसी लिनेको संख्या सबैभन्दा बढी जापानका लागि छ । जापानका लागि ३४ हजार ७३१ जनाले एनओसी लिएका छन् ।

व्यवस्थापन विषयका लागि २८ हजार ८९१, विज्ञानमा पाँच हजार ३८४, कम्प्युटर साइन्समा चार हजार ९९२, बिजनेसमा १० हजार २९, आइटीमा पाँच हजार ९११, विज्ञान तथा प्रविधिमा चार हजार १०२ र हस्पिटालिटीमा दुई हजार ५४३ ले एनओसी लिएका छन्।

कूल एनओसी लिने विद्यार्थीमध्ये क्यानडाका लागि १५ हजार ९८२, अस्ट्रेलियका लागि १४ हजार ३७२, बेलायतका लागि १३ हजार ३३९, अमेरिकाका लागि ११ हजार २६१ र रिपब्लिक अफ कोरियाका लागि ६ हजार ८ ८९ रहेका छन् ।

२०६५ देखि २०७८ सम्म चार लाख १६ हजार ३६४ ले एनओसी लिएकामा २०७९ मा एक लाख १७ हजार ५६३ ले एनओसी लिए । विदेशमा अध्ययनका लागि एनओसी लिनेहरू विशेष गरी व्यवस्थापन, आइटी, इन्जिनियरिङ, बिजनेस, कप्युटर साइन्स, विज्ञान र विज्ञान तथा प्रविधि, स्वास्थ्य शिक्षा, मानविकीका विषय रहेको मगरले बताउँछन् ।

Logo