तस्बिरमा हेर्नुहोस्, किताब जात्रा

तस्बिरमा हेर्नुहोस्, किताब जात्रा

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । किताब यात्रा फाउन्डेसनले आयोजना गरेको ‘किताब जात्रा’ शनिबार सकिदैछ । ‘किताब जात्रा’ को छैटौं संस्करण सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शुक्रबारदेखि सुरू भएको थियो । जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायत क्षेत्रका समसामयिक विमर्श संचालन भएको छ ।

उक्त पुस्तक मेलामा पुस्तक स्टल राखेर बसेका लेखक मनिश्री धितालले प्रविधिको समयमा पनि किताबहरु पढ्ने धेरै मानिस रहेको बताए । उनले भने, ‘अहिले प्रविधिको समयमा यस्तो किताबहरुको केही अर्थ होला की नहोला भन्ने पनि छ । तर हाम्रो पुस्ता अझै पनि किताबहरुमा व्यस्त हुनसक्छ ।’ किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिएको छ । सर्लाहीका शिक्षासेवी स्व.प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ । गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

Skip This
Skip This
Logo